४ माघ २०८१, शुक्रबार | Fri Jan 17 2025

नेपालमा २४ घण्टामा थप ४६३ जनामा कोरोना संक्रमण



काठमाडौँ । नेपालमा कोरोना संक्रमितको संख्या १२ हजार ७७२ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रबक्ता डा. जागेश्वर गौतमले नियमित पत्रकार सम्मेलनमा आइतवार जनाए अनुसार पछिल्लो २४ घण्टामा थप ४ सय ६३ जनामा कोरोना संक्रमित थपिएपछि उक्त संख्या पुगेको हो ।

आइतवार थपिएका संक्रमितहरुका मोरङका १७ जना, झापाका २ जना, उदयपुरका ६ जना, इलामका १ जना, सुनसरीका १ जना, धनुषाका १० जना, महोत्तरीका ५६ जना, डडेलधुराका १ जना, अर्घाखाँचीका ६ जना, दार्चुलाका १ जना, दोलखाका २ जना, गोरखाका १ जना, गुल्मीका ३८ जना, खोटाङका ४ जना, रौतहटका १७ जना , सर्लाहीका १ जना, सिन्धुलीका १ जना, कपिलवस्तुका ८ जना, धादिङका १ जना, ललितपुरका १ जना, बाजुराका ९५ जना, कास्कीका ५ जना, नवलपरासी पूर्वका ३१ जना, बागलुङका २९ जना, पर्वतका २ जना, सल्यानका २ जना, तनहुँका ६ जना, लमजुङका १ जना, म्याग्दीका २ जना, पाल्पाका २ जना, प्यूठानका ३५ जना, रुपन्देहीका १२ जना, दाङका ३४ जना, रोल्पाका १ जना,रुकूम पश्चिमका १ जना, कैलालीका १७ जनाा र डोटीका १३ जना रहेका छन् ।

मन्त्रालयका अनुसार ११ हजार २ सय ९८ जना पुरुष र १ हजार ४सय ७४ जना महिलामा संक्रमण देखिएको छ ।

पीसीआर विधिबाट पछिल्लो २४ घण्टामा ४ हजार ९ सय ६२ गरी कुल २ लाख १५ हजार ८ सय ३९ जनाको कोरोना परीक्षण भएको छ । पछिल्लो तथ्यांकअनुसार देशभरिका विभिन्न क्वारेन्टाइनमा ६१ हजार ७ सय ३१ जना रहेका छन् ।

विभिन्न अस्पतालका आइसोलेसनमा ९ हजार ७ सय ३१ जनाको उपचार भइरहेको छ भने ३ हजार १३ जना संक्रमित उपचारपछि निको भएर घर फर्किएका छन् ।

प्रकाशित मिति : १४ असार २०७७, आइतबार  ५ : ४८ बजे