लाइन्स क्लब अफ कुइन्स बुद्धको नेतृत्वमा रिमाया

२०७७ असार १९, शुक्रबार ०१:३६

‘हामी सेवा गछौ’ भन्ने नाराका साथ न्युयोर्कस्थित लाइन्स क्लब अफ कुइन्स बुद्धको हालै भएको साधारण सभाले लायन रिमाया नेपालीको नेतृत्वमा नया कार्यसमिति चयन गरेको छ । त्यस्तै गरि कार्यसमितिमा क्रमश प्रथम उपाध्यक्ष बुध्द पौडेल, द्धितिय उपाध्यक्ष खड्गबहादुर पुलामी ,तृतीय उपाध्यक्ष चन्द्र नेपाली , सचिव शिवजी खड्का, कोषाध्यक्ष सोनु मल्ल र मेम्बरसिप प्रमुखमा सोफिया अधिकारीलाई निर्वाचित गरेको छ । नव निर्वाचित अध्यक्ष नेपालीको नेतृत्वले सन २०२० र २०२१को लागी नेपाली समुदायको हितमा कार्य गर्ने प्रतिबद्धत जनाएको छ । अध्यक्ष रिमाया नेपाल हुदै विभिन्न अन्तराष्टि्य गैरसरकारी सामाजिक संस्थाहरूमा लामो अनुभव संगालेकी छिन ।

नेपालीको बाक्लो बस्ति रहेको न्युयोर्कमा लायन्स क्लब अफ कुईन्स बुध्द पहिलो लायन्स क्लव २०१६ सालमा स्थापना भएर न्यूयोर्कमा विभिन्न सामाजिक कार्य गदै आएका छन । क्लबले स्थापना कालदेखि अहिले सम्म नेपालदेखि न्यूयोर्कमा विभिन्न सामाजिक कार्यहरू गर्दै आएको छन । क्लबका पुर्व अध्यक्ष कृष्ण आचार्यको नेतृत्वमा स्थापना भएको यस क्लवको दोस्रो कार्यकाल बेगम पंडितले र त्यसपछि लायन अर्जुन गौडेलको टीमले नेतृत्व गदै आएका छन । यी नेतृत्वहरुले लायन्स क्लव अन्तराष्ट्रिय स्तरमा केन्दि्रत हुदै ससाना बालबालिकाहरूको लागि आंखा शिविर, शैक्षिक कार्यक्रमको साथै यस बर्ष फैलिएको महामारी कोभिढ नाइन्टिनमा औषधी मास्क तथा खाधान्न विवरण लगाएतका कार्यहरु गरेका थिए ।

सम्बन्धित समाचार