प्रहरी महानिरीक्षकमा थापा

२०७७ असार २४, बुधबार ०९:२६

काठमाडौं मुलुकको २८औँ प्रहरी महानिरीक्षक (आइजी) मा शैलेश थापा क्षेत्रीलाई बढुवा गरिएको बालुवाटारमा मंगलबार बसेकोमन्त्रिपरिषद् बैठकले प्रहरी एआइजीथापालाई प्रहरी महानिरीक्षकमा बढुवा गरेको हो

यही बुधबार रातिदेखि हालका प्रहरी महानिरीक्षक ठाकुरप्रसाद ज्ञवालीले ३० वर्षे अनिवार्य अवकाश लिने भएकाले मन्त्रिपरिषद्लेथापालाई आइजीमा बढुवा गरेको हो हाल थापा प्रहरी प्रधान कार्यालय मानव स्रोत तथा प्रशासन विभाग विभागमा प्रमुखको जिम्मेवारीसम्हाल्दै आएका छन्

भक्तपुरको कटुञ्जे ९हालको सूर्यविनायक नगरपालिकामा जन्मेका थापा अब्बल प्रहरी अधिकृत मानिन्छन् विसं २०४९ मा प्रहरीनिरीक्षक भएदेखि नै कार्यसम्पादन मूल्याङ्कनमा उत्कृष्ट हुँदै आएका थिए अहिले महानिरीक्षकका लागि पनि थापा पहिलो नम्बरमै छन् विसं २०७५ असोजमा डिआइजी हुनुभएका थापा गत साल चैत गते एआइजीमा बढुवा भएका थिए

उनीसॅगै अर्का एआइजी हरिबहादुर पाल पनि प्रहरी महानिरीक्षकको प्रतिष्पर्धामा थिए

सम्बन्धित समाचार