१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

नेपालमा लकडाउन हटेको दिन सय जना संक्रमित



काठमाडौं । नेपाल सरकारले लकडाउन हटाएकै दिन नेपालमा एक सय जना थप कोरोना संक्रमित थपिएका छन् । पछिल्लो २४ घन्टामा थप सय जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयको बुधबारको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले नेपाल कुल संक्रमितको संक्रमितको संख्या १८ हजार ९४ पुगेको जनाए ।

नयाँ संक्रमितमा सप्तरीका १८, दैलेखका १६, सुनसरीका ४, मोरङका ३, झापाका १, ताप्लेजुङका ३, धनुषाका ५, बाराका ३, पर्साका ६, काठमाडौंका ३, सर्लाहीका २, चितवनका १, सर्लाहीका १, लमजुङका ७, स्याङ्जाका ३, बागलुङका ३, बाँकेका ३, बर्दियाका २, सल्यानका २, कालीकोटका ६, बझाङका १ र डोटीका ७ छन् ।

पछिल्लो २४ घण्टामा २०७ जना निको भएर डिस्चार्ज भएको प्रवक्ता गौतमले बताए । यो समेत कोरोना निको भएर घर फर्किनेको संख्या १२ हजार ६८४ पुगेको छ । ७०. १ प्रतिशत निको भएका छन् ।

अझै २० हजार ८४२ जना क्वारेन्टाइनमा छन् ।

प्रकाशित मिति : ७ श्रावण २०७७, बुधबार  ५ : ५९ बजे