काठमाडौँ । नेपाल सरकारले बिहीबारदेखि लागू हुनेगरी काठमाडौं उपत्यकासहित २ सयभन्दा बढी कोरोनाका सक्रिय संक्रमण केसभएका जिल्लामा सवारीमा जोरबिजोर प्रणाली लागू गरेको छ ।
गृह मन्त्रालयले बुधबार विज्ञप्ति जारी गर्दै जोरबिजोर लागू भएका स्थानमा बेलुका ९ बजेदेखि बिहान ५ बजेसम्म आवागमन बन्द गर्नेनिर्णय भएको पनि जनाएको छ ।
काठमाडौं उपत्यका प्रवेश गर्ने अत्यावश्यक ढुवानीबाहेकका सबै यात्र वाहक सवारी साधनहरुलाई साँझ ७ देखि बिहान ७ बजेसम्मआवागमन निषेध गरिएको व्यवस्थालाई कडाईका साथ लागू गर्ने समेत मन्त्रालयले जनाएको छ ।