६ बैशाख २०८१, बिहिबार | Thu Apr 18 2024

नेपालमा तमु परिवारद्धारा ९ लाख ३० हजार सहयोग वितरण


Ang

२२ श्रावण २०७७, बिहिबार  

0
Shares

नेपालमा बाढि पहिरोमा परि दुख पाएका नेपालीहरुको सहयोगको लागी तमु परिवार न्युयोर्कले ९ लाख ३० हजार आर्थिक सहयोग गरेको छ । तमु परिवारले संकलन गरेको उक्त रकमको ८ लाख मस्र्याङदी गाउपालिका लम्जुङको २१ घरदुरिलाई प्रति व्यक्ति ४० हजारको दरले ८ लाख रुपिया वितरण गरेको तमु परिवारले जनाएको छ । उक्त रकम मस्र्याङदी गाउपालिका ३, तरापु पल्लोटारी, लम्जुङ्ग गाउपालिका अध्यक्ष अर्जुन गुरुङ मार्फत वितरण गरेका छन ।

त्यस्तै इन्द्रेणी कोषलाई १ लाख र लम्जुङकी बरिष्ठ गायिका माया गुरुङलाई सहयोग स्वरुप ३० हजार हस्तन्तरण गरेको तमु परिवार न्युयोर्ककी अध्यक्ष मनिता गुरुङले एभरेष्टटाइम्सलाई जानकारी दिएकी छन । तमु परिवार न्युयोर्कले गरेको यो सहयोगी कार्यमा १सय १९ जनाले सहयोग गरेका थिए । यस अघि कैलाली र सप्तरी समेत गरि तीन वर्ष लगातार नेपालमा दुख पाएकोहरुलाई तमु परिवारले लागी सहयोग गदै आएको छ ।

प्रकाशित मिति : २२ श्रावण २०७७, बिहिबार  २ : १५ बजे