न्युयोर्कमा सेप्टेम्बरदेखि विद्यालय खोल्ने तयारी

२०७७ श्रावण २४, शनिबार ०३:२७

न्युर्योकमा कोरोना भाइरसको संक्रमण संख्या दिनहु घटने क्रमसंगै सरकारले आगामी सेप्टेम्बरदेखि विद्यालय खोल्ने भएको छ । ‘ न्युयोर्क राज्यको सबै क्षेत्रमा कोरोना संक्रमणको संख्या घटेकोले सवै विद्यालय खोल्न सकिनेछ ’ न्युयोर्कको गर्भनर एन्ड्रीओ कुमोले सुक्रबार टवीट मार्फत जानकारी दिएका छन । गर्भनर कुमो कार्यालयलाई स्कुल डिस्ट्रिकहरुले विद्यालय खोल्नका लागी दिएको कार्य योजनाको आधारमा सरकारी स्तरबाट खोल्न दिने अधिकार दिएको हो । ‘ यदि संक्रमणको संख्या बढेमा त्यही अनुसार परिवर्तन हुनेछ ’ गर्भनर कुमोले बताए ।

न्युयोर्कमा रहेको ७ सय ४९ डिस्ट्रिक मध्ये १ सय २७ डिस्ट्रिक स्कुलबाट अझै पनि विद्यालय खोल्ने कार्ययोजनाको बारेमा जानकारी नआएको गर्भनर कुमोले बताए । ‘ यदि सरकारले विद्यालय खोल्नु भनेपनि अब शिक्षक र अभिभावक दुबैको वीच राम्रो छलफल हुनुपर्छ । यो सर्वसाधारणको चासोको विषय भएकोले म सवै डिस्ट्रिक स्कुललाई चाडै अभिभावकलाई बोलाएर यस बारेमा राम्रो गहन छलफल गर्न अनुरोध गर्दछु । स्कुल डिस्ट्रिकको योजनालाई भन्द पनि विद्यालय खोल्नेमा अभिभावकहरु कतिको सहज अनुभुती गरेका छन त्यसमा बढि प्रथामिकता दिन्छु’ । गर्भनर कुमोले केही दिन अघि आयोजित पत्रकार सम्मेलनमा बताए । कोरोना भाइरसको इपि सेन्टर बनेको न्युयोर्कमा १ सय ५६ दिनपछि गत आइतबारसम्म संक्रमितको संख्या १०३ जना र ३ जनाको मृत्यु भएको गर्भनर कुमोले जनाएको छ ।

 

अब कसरी चल्दैछ विद्यालय ?

न्युयोर्क शिक्षा विभागले आगामी सेप्टेम्बरबाट विद्यालय खोल्ने बारेमा अभिभावकको चाहना अनुरुपको पढाई गर्ने योजना बनाएको छ । शिक्षा विभागले कोभिढको कारण यस पटक दुई किसिमले पढाउने योजना बनाएको छ । जस अनुसार ब्लेन्डेट र रिमोट लर्निङबाट पढाउने भनिएको छ । ब्लेन्डेट अन्र्तगत हप्तामा केही दिन मात्र विद्यालयमा जानु पर्ने र बाकी दिन घरबाटै अनलाइन पढाई हुनेछ । त्यस्तै अर्को बिकल्पको रुपमा पुरै अनलाइनबाट पढाई हुने भएको छ । अभिभावकले आफनो छोराछोरिको लागी यी दुई विकल्पबाट कुन सहज हुन्छ त्यही अनुसार छान्न सकिने भएको छ । यदि कोही अभिभावकलाई विद्यालय पठाउदा छोराछोरि विरामी हुन्छ की भन्ने त्रासले विद्यालय पठाउन मन नलागेमा पुरै अनलाइनबाट पनि पढाउन सकिने भएको छ ।

यसको लागी न्युयोर्क शिक्षा विभागको वेभसाइडमा राखेको फाराम भरेर वा ३११ मा कल गरि आफनो अनुकुलको पढाई तरिका छनौट गर्न सकिने छ । यो फाराम भर्ने मिति अगष्ठको ७ तारिखसम्म रहेको छ । यदि अभिभावकहरुले अल रिमोट लर्निङको फाराम नभरेको खण्डमा विद्यालयले स्वत ब्लेन्डेटमा राखिने भएको छ । यदि विद्यार्थीहरु विद्यालय गएको खण्डमा अनिवार्य रुपमा माक्स लगाउनु पर्ने जनाएको छ । त्यस्तै कक्षाभित्र पनि कक्षाकोठाको साइजको आधारमा बढिमा १२ जना विद्यार्थीहरु राखी सामाजिक दुरि कायम गरि पढाउने जानकारी दिएको छ । विद्यार्थीहरुले खानेबेलामा बाहेक पुरै कक्षा अवधीभरि माक्स लगाएर बस्नु पर्ने समेत विद्यालयको बैठकमा जानकारी गराएको छ ।

https://www.nycenet.edu/surveys/Guardian

सम्बन्धित समाचार