हेभेन्लीपाथद्वारा राजधानीमा ११ दिन खाना र पानी वितरण

२०७७ श्रावण २५, आईतवार ०३:१७

काठमाडौका विभिन्न स्थानहरुमा असहाय तथा दुख पाएकाहरुलाई हेभेन्ली पाथले खाना र पानी वितरण गरेको जनाएको छ । उक्त खानपिनको लागी हेभेन्ली पाथ अमेरिकाका अध्यक्ष सुकु रुम्दाली र महासचिव हर्क चाम्लिङको संयोजनमा विभिन्न राज्यहरुबाट आर्थिक संकलन गरेर पठाएका थिए । संकलित रकमले १० औं दिन सम्म निरन्तर खाना र पानी बितरण गरिएको जनाएको छ । त्यस्तै हेभेन्ली पाथ हङकङका उपाध्यक्ष गाया राइबाट १ दिनको सहयोग गरि ११ दिन काठमाडौका पशुपति क्षेत्र, बालाजु, जे. पि. रोड, ठमेल, रत्नपार्क, सोह्रखुट्टेका स्थानहरुमा खानापानी वितरण गरेका थिए ।

उक्त राहत सहयोग पि्रजनर एसिष्टेन्ट नेपालका सस्थापक इन्दिरा राना मगरको सहकार्यमा नेपालबाट हेभेन्ली पाथ नेपालका सम्पर्क सचिव मनु -स्काई) ले संयोजन गरेका थिए । उक्त कार्यका लागी ११ औं दिन सम्म गायक सुबि राई , हेभेन्ली पाथ नेपाल जिल्ला शाखा काठमाडौका उपाध्यक्ष शोभा राई , युवा संघ काठमाडौ जिल्ला शाखाका अध्यक्ष प्रेरणा वाम्बुले, चन्द्र देवान, हरिकला साम्पाङ, कादम्बिनी चाम्लिङ, जिना राई, सहदेव श्रेष्ठ , त्रिसला राई, प्रनेश राई, सम्राट राई,सन्तोष -होलि ) लगायतले स्वयंसेवकको कार्य गरेका थिए । मिडिया कोअर्डिनेटर सुम्नु देवि राईले देशविदेशमा प्राप्त सहयोगप्रति धन्यवाद दिदै दुख पाएकाहरुलाई निरन्तर खाना खुवाउने योजना हुदाहुदै पनि नेपालमा कोरोना संक्रमण बढ्दै गएकोले हालको लागि बन्द गरिएको जनाएको छ ।

सम्बन्धित समाचार