काठमाडौं । भारतीय विदेश मन्त्रालयले भगवान गौतम बुद्धको जन्मभूमि नेपालमा भएको कुरा स्पष्ट पारेको छ ।
शनिबार एक कार्यक्रममा भारतीय परराष्ट्रमन्त्री जयशंकरले दुई महान भारतीयको रुपमा बुद्ध र महात्मा गान्धीको नीम लिएका थिए ।यसको नेपालमा बिरोध भएको थियो ।
आईतबार भारतीय परराष्ट्र मन्त्रालयले जयशंकरको अभिव्यक्ति साझा बौद्ध विरासतको सन्दर्भमा भएको उल्लेख गरेको छ । उसलेभनेको छ, ‘यसमा कुनै शंका छैन कि गौतम बुद्ध लुम्बिनीमा जन्मिएका हुन्, जुन नेपालमा पर्छ ।
जयशंकरको भनाईलाई प्रतिबाद गर्दै नेपालको परराष्ट्र मन्त्रालयले बुद्धको जन्म नेपालमा भएको धेरै प्रमाण रहेको र त्यसलाई विश्वलेस्वीकार गरेकाले बुद्धको जन्मभूमि बहसको विषय नभएको बताएको थियो ।