२४ आश्विन २०८३, शनिबार | Sat Oct 10 2026

लामो दुरीको सवारी र उडान भदौ १५ सम्म बन्द



काठमाडौँ । सरकारले बन्दाबन्दी अन्त्य गर्ने पूर्व निर्धारित समयाबधीलाई परिमार्जन गरेके छ । लामो दूरीका सवारी र हवाइ उडान भदौ १बाट खुलाउने योजनालाई कोरोना संक्रमितको संख्या बढेसॅगै स्थगित गरेको हो ।

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले भदौ १५ गतेसम्म लामो दुरीको सवारी र उडान बन्द राख्ने निर्णय गरेको छ ।

बैठकले २ सय भन्दा बढी कोरोना संक्रमित भएका जिल्लामा यातायातका साधन भित्रिन र बाहिर जान नदिने निर्णय पनि गरेको छ ।कोरोनाका बिरामीहरूको संख्या २ सयभन्दा बढी भएका जिल्लाहरुमा अत्यावश्यक बाहेकका सवारी साधानहरुलाई भित्रिन र बाहिरिननदिने निर्णय गरेको हो ।

यस्तै सरकारले भदौ मसान्तसम्म सीमा नाकाहरु बन्द गर्ने निर्णय पनि गरेको छ ।

प्रकाशित मिति : २६ श्रावण २०७७, सोमबार  १० : २५ बजे