काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीको सोमबारको सचिवालय बैठकले आन्तरिक विवाद मिलाउन अध्यक्षद्वयले गठन गरेकोकार्यदललाई अनुमोदन गरेको छ ।
पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच गत साउन ३० मा भएको छलफलबाटमहासचिव विष्णुप्रसाद पौडेलका संयोजकत्वमा छ सदस्यीय कार्यदल गठन भएको थियो । बैठकले कार्यदललाई बधाई ज्ञापन रअनुमोदन गरेको जानकारी दिदै अनुमोदन गरेको हो ।
प्रधानमन्त्री निवास बालुवाटारमा भएको बैठकले कार्यदलको प्रतिवेदन अध्यक्षद्वयसमक्ष प्रस्तुत गर्ने र बैठकम आउने तालिका तय गरेकोछ ।
सत्तारुढ दल नेकपामा ओली भर्सेस दाहाल–माधव नेपाल गुट भएर द्वन्द्व बढ्दै गएपछि विवाद मिलाउन कार्यदल गठन गरिएको हो ।दाहाल–नेपाल समुहले ओलीले पिरधानमन्त्री र पार्टी अध्यक्ष मध्ये एक पदबाट राजीनामा दिनु पर्ने माग गर्दै आएको छ भने ओलीले दुबैपदबाट आफु नहट्ने अडान लिंदै आएका छन् ।