न्युयोर्कमा कोरोना संक्रमण घटेपनि अपराध बढयो

२०७७ भाद्र २, मंगलवार ०२:४०

न्युयोर्कमा पछिल्लो समय कोरोना संक्रमणको संख्यामा देशभरिकै सबैभन्द कम भएपनि बढदै गएको अपराधिक घटनाले अर्को संकट ल्याएको न्युयोर्क राज्यको गर्भनर एन्ड्रयो कुमोले बताए । न्युर्योकमा कोरोना संक्रमणपछि अर्को संकटको रुपमा अपराध बढन थालेपछि ५ सय न्याय अधिकार क्षेत्रसंग सम्बन्धीत निकायमा पत्र पठाउन लागेको गर्भनर कुमोले सोमबार आयोजित पत्रकार सम्मेलनमा बताए ।

‘ न्युयोर्कमा खुसीको कुरा कोरोना संक्रमणको संख्या घटेपनि अर्को संकटको रुपमा यो राज्यमा बढदो अपराधिक घटनाले गलत रुपमा लिन थालेको छ ‘ गर्भनर कुमोले भने-‘ राज्य यस्तो संकटले अघि बडदैन यस्तो संकटमा सही नेतृत्व र नेतृत्वको कार्यकुसलतामा निर्भर रहन्छ ‘ । स्थानीय समुदायका प्रतिनिधि र सुरक्षा निकायको भावना अनुरुप बास्तविक समास्या पत्ता लगाएमा स्थानीय नेताहरुले यो संकट समाधान गर्न सकिने गर्भनर कुमोले बताएका थिए । उनका अनुसार पछिल्लो समय न्युयोर्कमा बन्दुक हिंसाको घटनामा गोलि हान्नेहरुको संख्या ब्राङसमा ६० प्रतिसतले, बु्रकलिनमा १०२ प्रतिसतले, म्यानहृटनमा ५४ प्रतिसतले, क्विन्समा ७५ प्रतिसतले र स्टाटनआइल्याण्डमा १०८ प्रतिशत बढेको छ । यस्तो संकटको बेला सकारत्माक परिवर्तनको लागी स्थानीय नेतृत्व र सुरक्षा निकाय वीचको समन्वय महत्वपुर्ण भुमिका हुने उनले बताए ।

आगामी सेप्टेम्बरबाट विद्यालय खोल्ने बारेमा गर्भनर कुमोले कोरोना संक्रमणको संख्या सुन्य दशमलव ३ भन्द तल घटेमा मात्र खोल्ने नत्र भने घरबाटै पढने व्यवस्थाको लागी तयारी भइरहेको गर्भनर कुमोले बताए । ‘ विद्यालय खोले लगतै कसैलाई संक्रमण देखेर तुरुन्तै बन्द गर्नु भन्द पनि परिस्थिति राम्रो भएपछि मात्र खोल्ने हाम्रो चाहाना हो ‘ । गर्भनर कुमोले बताए ।

न्युयोर्कमा कोरोना संक्रमण घटेसंगै विभिन्न चरणको खुलेसंगै सर्वसाधारणको चासो र आवश्यक्तालाई मध्यनजर राखी अगष्ट २४ तारिखबाट जिमहरु खुल्न लागेको गभर्नर कुमोले जानकारी दिएको छ । जिमहरु खोलेपनि स्थानीय सरकारले तोकिएको गाइडलाइनहरु पालना गरेर मात्र खोल्ने निदेशन दिएको उनले बताए । गर्भनर कुमोको अनुसार न्युयोर्कमा कोरोना संक्रमणको संख्या आइतबारसम्ममा सुन्य दशमलव ७ प्रतिसतले घटेको जनाएको छ । न्युयोर्कभरिमा अस्पताल भनर्ा भएको संख्या ५ सय ३४ जना मध्ये आइसियुमा १सय ७३ र मृत्यु हुनेको संख्या ६ जना भएको छ ।

 

सम्बन्धित समाचार