लिदी पहिरोमा ३० को मृत्यु

२०७७ भाद्र ५, शुक्रबार ०७:५०

काठमाडौं गत शुक्रबार विहान सिन्धुपाल्चोकको जुगल गाउँपालिका लिदीको लामागाउँ पहिरोमा बेपत्ता भएकामध्ये बुधबार थपपाँचको शव फेला परेको

तीन महिला, एक पुरुष एक बालकको शव फेला परेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी नायव उपरीक्षक माधवप्रसादकाफ्लेले जानकारी दिएका छन्

हिरा दोङ, सानुकान्छा दोङ, बिबिरानी दोङ, ललिता दोङ सङ ल्हामु पाख्रीन दोङको शव फेला परेको हो यससँगै पहिरोमा ज्यानगुमाउनेको संख्या ३० पुगेको जना अझै बेपत्ता छन्

हालसम्म शव फेला परेकामध्ये १६ पुरूष १४ महिला छन् तीमध्ये १४ बालबालिका मात्रै छन् बेपत्ताको खोजीमा नेपाली सेना, नेपाल प्रहरी स्थानीयवासी जुटेका छन्

सम्बन्धित समाचार