नेपालमा कोरोनाबाट एकैदिन ११ को मृत्यु
२०७७ भाद्र ५, शुक्रबार १८:४४

काठमाडौं । कोरोना भाइरसको सङ्क्रमणबाट नेपालमा पछिल्लो २३ घण्टामा थप ११ जनाको मृत्यु भएको छ । एकै दिनमा मृत्यु हुनेकोसङ्ख्या यो हालसम्मकै बढी हो ।
मृत्यु हुनेमा काठमाडौँ, ललितपुर, चितवन, बारा, पर्सा, मोरङ, सप्तरी, सर्लाही र मकवानपुरका एक एक पुरुष तथा दोलखाकी एकमहिला रहेको स्वास्थ्य मन्त्रालयले दिएको छ ।
नेपालमा कोरोना भाइरसबाट सङ्क्रमितको सङ्ख्या ३० हजार नाघेको छ । देशभर शुक्रबार ८३८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएकोछ । योसँगै कोरोना सङ्क्रमितको सङ्ख्या ३० हजार ४८३ पुगेको छ ।
देशका विभिन्न प्रयोगशालामा विगत २४ घण्टामा १३ हजार ५ सय ७९ जनाको पीसीआर परीक्षण गरिएको स्वास्थ्य तथा जनसङ्ख्यामन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । शुक्रबार थपिएकामा ५४६ पुरुष र२४२ महिला छन् । हालसम्म १८ हजार २१४ जना कोरोनाबाट मुक्त भइ घर फर्किएको प्रवक्ता गौतमले बताउनुभयो । पछिल्लो २४घण्टामा २५० जना सङ्क्रमित निको भएर घर फर्किएका छन् ।
देशभर हाल १३३ सङ्क्रमितको अति सघन कक्षमा उपचार भइरहेको छ भने १५ जनालाई भेन्टिलेटरमा राखेर उपचार भइरहेको प्रवक्तागौतमले बताए । हाल देशभर १२ हजार १३२ जना सक्रिय सङक्रमित रहेका छन् । यस्तै १२ हजार २३४ क्वारेन्टिनमा तथा १२ हजार १३२जना आइसोलेसनमा रहेका छन् ।
पछिल्लो २४ घण्टामा ५० जिल्लामा कोरोना सङ्क्रमित भेटिएका छन् । प्रदेश नं १ को सात जिल्लामा ८९, प्रदेश नं २ को ७ जिल्लामा१७९, बागमती प्रदेशको १० जिल्लामा २५०, गण्डकी प्रदेशको ६ जिल्लामा २७, प्रदेश नं ५ को १० जिल्लामा ५९, कर्णाली प्रदेशको ४जिल्लामा ५८ तथा सुदूरपश्चिमको ६ जिल्लामा १७६ जनामा कोरोना पुष्टि भएको प्रवक्ता गौतमले जानकारी दिएका छन् ।
पछिल्लो २४ घण्टामा काठमाडौँ उत्यकामा १८२ जना कोरोना सङ्क्रमित थपिएको प्रवक्ता गौतमले जानकारी दिए । थपिएका मध्येकाठमाडौँका १४२, ललितपुरका २५ र भक्तपुरका १५ जना छन् । उनीहरूको उपत्यकाका विभिन्न प्रयोगशालामा परीक्षण गरिएको थियो। बिहीबार उपत्यकामा १०९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।