विच्याटका प्रयोगकर्ताले ट्रम्पबिरुद्ध मुद्दा हाल्ने तयारी

२०७७ भाद्र ८, सोमबार १२:३४

लस एन्जलस (एजेन्सी) चिनियाँ मेसेजिङ एप्लिकेसन विच्याटका केही अमेरिकी प्रयोगकर्ताहरुले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध मुद्दा हाल्ने तयारी गरेका छन्

विच्याटका कारण अमेरिकाको राष्ट्रिय सुरक्षामा खतरा रहेको भन्दै राष्ट्रपति ट्रम्पले अमेरिकामा विच्याटमाथि प्रतिबन्ध लगाउने सम्बन्धीएउटा कार्यकारी आदेशमा केही दिनअघि हस्ताक्षर गरेपछि विवाद उत्पन्न भएको हो

सान फ्रान्सिस्कोमा शुक्रबार अमेरिका विच्याट प्रयोगकर्ता एलायन्स अन्य व्यक्तिहरु तर्फबाट सामूहिक निवेदन दिइएको उनीहरुलेविच्याट मार्फत चीनमा रहेका आफ्ना नातेदार, रोजगारी अन्य कामका लागि प्रभावशाली सम्पर्क माध्यम रहेको बताएका छन्

निवेदकहरुले आफूहरु विच्याट वा यसको संचालक कम्पनी टेन्सेन्ट होल्डिङ्ससँग कुनै आबद्धता नरहेको पनि दाबी गरेका छन्

निवेदनमा उनीहरुले संघीय अदालतसमक्ष राष्ट्रपति ट्रम्पको कार्यकारी आदेश रोक्न अनुरोध गरेका छन् उनीहरुले ट्रम्पको आदेशबाटअमेरिकी प्रयोगकर्ताको अभिव्यक्ति स्वतन्त्रता, धार्मिक स्वतन्त्रता अन्य संविधान प्रदत्त अधिकारहरु उल्लंघन भएको बताएका छन्

निवेदक तर्फका वकील माइकल बाइनले चिनियाअमेरिकी समुदायका लागि निकै महत्वपूर्ण रहेको विच्याटजस्तो मेसेजिङ एप्लिकेसनरोक्दा संविधानको पहिलो संशोधनको बर्खिलाफ हुने जिकिर गरे

राष्ट्रपति ट्रम्पले गत अगस्ट तारिखमा विच्याट टिकटकमाथि प्रतिबन्ध लगाउने गरी कार्यकारी आदेशमा हस्ताक्षर गरेका थिए उनलेयी दुई एप्लिकेसनका कारण अमेरिकी राष्ट्रिय सुरक्षा, विदेश नीति अर्थतन्त्रमा नै खतरा उत्पन्न हुने दाबी गरेका छन्

उक्त आदेशहरु आगामी सेप्टेम्बर २० देखि लागू हुनेछन्

एक अनुमान अनुसार अमेरिकामा विच्याटका दशौं लाख प्रयोगकर्ता रहेका छन् राष्ट्रपतिको आदेशमा विच्याट टिकटकलाई एप्पल गूगलका एपस्टोरबाट पनि हटाउन भनिएको यसबाट आम प्रयोगकर्तालाई अझ कठिन हुनेछ

सम्बन्धित समाचार