२४ कार्तिक २०८२, आइतबार | Sun Nov 9 2025

शेर्पा सङ्घ युकेका अध्यक्षको कोरानाबाट निधन



काठमाडौं शेर्पा सङ्घ बेलायतका अध्यक्ष साना शेर्पाको कोरोनाबाट निधन भएको राससले दिएको समाचार अनुसार भोजपुरस्थायी घर भएका ५१ वर्षीय शेर्पाको उपचारका क्रममा लण्डनको सेन्ट थोमस अस्पतालमा सोमबार दिउँसो बजे निधन भएको हो

पाल्पा समाज युकेका अध्यक्ष वाचस्पति रेग्मीलाई उदृत गर्दै दिएको समीचार अनुसार गत असार २९ गते कोरोना सङ्क्रमण देखिएपछिउनलाई केन्टको विलियम हार्भी अस्पतालमा भर्ना गरिएको थियो तर दुई हप्तासम्म पनि कुनै सुधार नभएपछि लण्डनको सेन्ट थोमसअस्पतालमा सारिएको थियो

एक साताअघि कोरोना परीक्षण गर्दा सङ्क्रमण मुक्त भएको भनिए पनि उनको कलेजोको समस्यामा भने कुनै सुधार हुन सकेको थिएन भूतपूर्व गोर्खा सैनिक शेर्पा आफ्ना तीन छोरा श्रीमतीसहित बेलायतको केन्टमा बस्दै आएका थिए उनका बुबाआमा भने नेपालमै छन्

प्रकाशित मिति : ९ भाद्र २०७७, मंगलबार  ७ : ५८ बजे