१९ मंसिर २०८१, बुधबार | Wed Dec 4 2024

तीन सुरक्षा निकायका सोह्र सयमा कोरोना



काठमाडौं कोरोना महामकीबाट नेपालको सुरक्षा निकायका सदस्यहरु तिब्र रुपमा संकिरमित भएकोपाईएको

मुलुकभर सङ्क्रमणको ग्राफमा वृद्धि भइरहेका बेला हरेक गतिविधिको अग्रपङ्क्तिमा खटिने सुरक्षा निकायपनि त्यसबाट अछुतो छैन

राससले दिएको समाचार अनुसार तीन सुरक्षा निकाय (नेपाली सेना, नेपाल प्रहरी सशस्त्र प्रहरी) मा एक हजार ६३३ जनामासङ्क्रमण्मा देखिसकेको त्यसमध्ये झण्डै ५० प्रतिशत अर्थात् ८६१ निको भएर घर फर्किएका छन्

सुरक्षा निकायमा गत जेठको पहिलो सातासम्म १२ जनामा मात्रै सङ्क्रमण देखिएको थियो त्यसपछि सङ्क्रमण दरमा एक्कासी वृद्धिभएको साउनपछि भने ह्वात्तै बढेको पाइएको सबैभन्दा बढी नेपाल प्रहरीमा सङ्क्रमित भेटिएका छन् नेपाल प्रहरीका प्रवक्ता प्रहरीवरिष्ठ उपरीक्षक कुबेर कडायतले अहिलेसम्म नेपाल प्रहरीका ७९५ जनामा सङ्क्रमण देखिएको बताए उनका अनुसार उपत्यकामामात्रै १६३ जना फेला परेका छन् पाँच सयभन्दा बढी निको भएर फर्किसकेका उनले बताए

सशस्त्र प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक राजु अर्यालका अनुसार बिहीबारसम्म ४३५ सशस्त्र प्रहरी सङ्क्रमित भएका छन् त्यसमध्ये १८९ निको भएको अन्यको विभिन्न स्थानमा उपचार भइरहेको उपत्यकामा मात्रै ७३ जनामा देखिएको उनले जानकारीदिए

नेपाली सेनामा ४०३ जनामा सङ्क्रमण देखिएको अहिलेसम्म ११६ जना निको भएर फर्किसकेका सेनाका प्रवक्ता सन्तोषबल्लभपौडेलले जानकारी दिए प्राप्त विवरणअनुसार अहिलेसम्म मुलुकभर ३५ हजार ५०० भन्दाबढी सङ्क्रमित भइसकेका छन्

प्रकाशित मिति : १२ भाद्र २०७७, शुक्रबार  १ : ०७ बजे