नेपालमा एकै दिन १२ सय २१ कोरोना सङ्क्रमित

२०७७ भाद्र १४, आईतवार १९:२३

काठमाडौं काठमाडौँ उपत्यकासहित देशभर आइतबार हालसम्मकै बढी कोभिड१९ (कोरोना भाइरस) का सङ्क्रमित भेटिएका छन् स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर एक हजार २२१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको उनीहरुमध्ये ३४८ महिला ८७३ पुरुष छन्

यस्तै काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा ४२९ कोरोनाका सङ्क्रमित भेटिएका छन् तीमध्ये काठमाडौँमा ३७२, ललितपुरमा १२ भक्तपुरमा ४५ सङ्क्रमित देखिएको मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा जानकारी दिइयो   यसअघि सबैभन्दा बढी देशभर एकैदिन एक हजार १११ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको थियो काठमाडौँ उपत्यकामा पनि आजको कोरोना सङ्क्रमितको सङ्ख्याहालसम्मकै बढी हो

मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले १२ हजार ७१७ जनामा पीसीआर परीक्षण भएकामा काठमाडौँसहित देशभर उक्तसङ्ख्यामा कोरोना सङ्क्रमण पुष्टि भएको जानकारी दिए उनका अनुसार हालसम्म लाख ८२ हजार ३४३ जनाको पीसीआर परीक्षणगरिएको

हाल देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या १७ हजार ५१८ रहेको संस्थागत आइसोलेसनमा १० हजार ६१२ जना रहेका छन् होमआइसोलेसनमा रहेकाको सङ्ख्या हजार ९०० आज देशभर सात हजार ७९७ जना क्वारेन्टिनमा छन् पछिल्लो २४ घण्टामा थप२६७ कोरोना जितेर घर फर्किएका छन् हालसम्म कोरोना जितेर घर फर्किनेको सङ्ख्या २० हजार ८२२ पुगेको

कोरोनाका कारण थप १४ जनाको मृत्यु भएको त्यसमा चार महिला १० पुरुष छन् मृत्यु भएका चार महिलामध्ये सुनसरीका ७४वर्षीया, बाराका ४७ वर्षीया, महोत्तरीका ६२ वर्षीया काठमाडौँका ७२ वर्षीया छन् त्यसैगरी मृत्युभएका पुरुषमध्ये सुनसरीका ६०वर्षीय, मोरङका ६२ वर्षीय, महोत्तरीका ७० वर्षीय ३५ वर्षीय तथा रौतहटका ३० वर्षीय, ललितपुरका २९ वर्षीय, भक्तपुरका ६५ वर्षीय, नवलपरासीका ६२ वर्षीय तथा रुपन्देहीका ५७ वर्षीय ६७ वर्षीय रहेका छन् हालसम्म २२१ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको

सम्बन्धित समाचार