१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

एनआरएनएको अमेरिका क्षेत्रीय भेला विवादित्, आइसीसीमा छलफल



न्युयोर्क । आवासीय नेपाली संघ, अमेरिकाज् क्षेत्रको अनलाइन क्षेत्रीय भेला तथा दोस्रो क्षेत्रीय विज्ञ भेला विवादित बनेको छ । भेलामा अमेरिकी क्षेत्रीय संयोजकले एनआरएनएको क्षेत्रीय भेला गर्दा आयोजना हुने कार्यक्रमहरु आइसीसी र आइएसमा जानकारी नगराई आफुखुसी गरेको भनी आइसीसीका उपाध्याक्ष सोनाम लामाले आइसीसीमा गम्भिर छलफलका लागि अध्यक्ष कुमार पन्तलाई पत्राचार गरेका छन् ।

त्यस्तै उक्त भेलामा महिलालाई विभेद गरिएको भनी आइसीसीका महिला पदाधिकारीहरुले समेत पत्रचार गरेका छन् । एनआरएनएमा क्षेत्रीय भेला गर्नका लागि क्षेत्रीय संयोजकले आइसीसी र आइएसलाई कार्यक्रमको बारेमा जानकारी गराई अनुमोदन गर्ने परिपाटी रहेको छ । तर, यस पटक त्यो नगर्नुको साथै धेरै विवादित कार्य गरेको भनी अमेरिकाबाट आइसीसीको उपाध्याक्षमा निर्वाचित लामाले आइतबार अध्यक्ष पन्तलाई चाडै आइएसको बैठक राख्नका अनुरोध गर्दै पत्रचार गरेका हुन् ।

पत्रमा क्षेत्रीय संयोजकले भेलाको बारेमा आइसीसीलाई कुनै जानकारी नगर्नुको साथै भेलाको अघिल्लो दिनसम्म विना निम्तो र आफनो अनुमति विना नाम र तस्बिर भेलाको व्यानरमा राखेर प्रचार गर्नु गलत रहेको भन्दै आइएसमा बैठकको लागि अनुरोध गरिएको उपाध्यक्ष लामाले एभरेष्ट टाइम्सलाई बताए ।
लामो समयदेखि गैरआवासीय अभियानमा लाग्दै आएका आइसीसी उपाध्यक्ष लामा नेपाली नागरिकता निरन्तरता कार्यदलको अध्यक्ष पनि हुन् । राजधानीमा एनआरएन अभियानमा व्यस्त उनलाई अपमानित हुने गरि अमेरिकामा क्षेत्रीय भेला गरि संस्था विवादित बनाएको भनी आइसीसीले गम्भिर रुपमा लिएको बताइएको छ ।
यस पटकको क्षेत्रीय भेलामा महिला फोरम राखे पनि महिलाहरुलाई सहाभागिता नगराएको भनी आइसीसीका उपाध्याक्ष रविना थापा र एनआरएनए अमेरिका क्षेत्रको महिला संयोजक उमा कार्की लगायतले भेला बहिष्कार गरि विज्ञाप्ती मार्फत एनआरएनए अमेरिकाको गलत कार्यको विरोध जनाएको छ । आइसीसी उपाध्यक्ष थापाले क्षेत्रीय भेलामा महिलालाई विभेद गरेको भनी आइसीसी अध्यक्ष कुमार पन्तलाई छिटै आइएसको बैठक बोलाई यस बारेमा गम्भिर छलफल गर्न पत्राचार गरेका छन् ।
अमेरिका क्षेत्रीय भेलामा निम्तो नै नदिएको कांग्रेस नेतृ कमला पन्तले समेत आफ्नो अनुमति विना कार्यक्रमको ब्यानरमा तस्बिर राखेको भनी विरोध जनाएकी छन् । उक्त भेलाको व्यानरमा आइसीसी कोषाध्याक्ष महेश श्रेष्ठ उपाध्यक्ष् भनी गल्ती समेत गरेको देखिन्छ ।

प्रकाशित मिति : २२ भाद्र २०७७, सोमबार  ९ : ०१ बजे