न्युयोर्कको फरेष्ट पार्कमा नेपाली रचना वाचन

२०७७ भाद्र २५, बिहीबार १२:१५

न्युयोर्क न्यूयोर्कस्थित फरेस्ट पार्कमा तारा किसान फाउण्डेसनले नेपाली रचना वाचन कार्यक्रमको आयोजना गरेको

कार्यक्रममा न्युर्योेकदेखि टाढा न्यूजर्सी बोस्टनबाट समेत आफ्ना रचना वाचनका लागि रचनाकारहरु सहाभागी हुन आएका थिए साहित्य सर्जक एवं साहित्य प्रेमीहरुको उल्लेख्य संख्यामा सहभागिता रहेको कार्यक्रममा कविहरुले कविता गजल वाचन गरेका थिए

कवि किशनसिंह धामी उहाॅको जीवनसंगिनी तारा धामीको सक्रियतामा केही वर्ष अघि फाउण्डेसन स्थापना गरेको हो कार्यक्रमकोशुभारम्भमा हालै दिवंगत हुनुभएका राष्ट्रकवि माधव घिमिरेप्रति शश्रद्धाञ्जली व्यक्त गर्दै सबै उठेर एक मिनेट मौन धारण गरिएको थियो

फाउण्डेसनले यस अघि पनि न्यूयोर्कमा नौलो शैलीको कार्यक्रमफर्मल ड्रेसमा कविता वाचनकार्यक्रम आयोजना गरेको थियो उक्तकार्यक्रममा फाउण्डेशनका संस्थापक किसनसिंह धामीले सहभागी सबैलाई स्वागत एवं धन्यवाद ज्ञापन गरेका थिए

फाउण्डेशनले गदै आएको कार्यको प्रशंसाको साथै आगामी प्रगतिको कामना स्वरुप संचारकर्मी शैलेश श्रेष्ठ, रिज्युउड सोसाइटीकाप्रतिनिधि राजेश भट्ट,  नवराज केसी सिपिए विराज रिजालले मन्तव्य दिएका थिए नेपाली रचना वाचन गर्नेहरुमा गोवर्धन पूजा, गीताखत्री, आनन्द श्रेष्, महेश्वर पन्त, किशनसिंह धामी, गीता पन्थ, दीपा राई पुन, नदिया लिबाङ, जसकुमार राई, विकास विष्ट, मणिबांग्देल, जानुका वस्ति ढकाल, संगीता उप्रेती रिजाल, विजया सिमखडा, ज्योतिकुमार श्रेष्ठ, कुमार न्यौपाने योगेश आदी, शान्ता घिमिरे, नवराज खडका, हंसराज जोशी, पुष्प अधिकारी गौतम, हेमन्त ब्रम्ह, विष्णुहरी भण्डारी, दीपेन्द्र बस्याल, विराज रिजाल, अर्जुन मैनाली, आरती धामी, सुहाना गुनीले रचना वाचन गरेका थिए कार्यक्रममा उपस्थित हुन नसकेका कविहरु डा. मधु माधुर्य, पदमा लिंखा मगर, ममता कर्माचार्यको कविताहरु वाचन गरेर सुनाईएको थियो

सम्बन्धित समाचार