१० माघ २०८१, बिहिबार | Thu Jan 23 2025

महामन्त्री डा कोइरालाको आइसियुमा राखेर उपचार



काठमाडौं कोरोना संक्रमण भएका नेपाली काँग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाको चावहिलस्थित ओम अस्पतालमा उपचारभइरहेको

कोेभिड­१९ को सङ्क्रमण देखिएपछि घरमै होमआइसोलेसनमा रहनुभएका उहाँलाई मङ्गलबार साँझ ज्वरो आएपछि अस्पतालमा भर्नागरेर उपचार भइरहेको अस्पतालका प्रबन्ध सञ्चालक बाबुकाजी कार्कीले जानकारी दिए

उनका अनुसार महामन्त्री डा कोइरालाको अहिले सघन उपचार कक्ष (आइसियु)मा राखेर उपचार भइरहेको अस्पताल आएदेखि नैहामीले आइसियुमा राखेर उपचार गरिरहेका छौँ”, उनले भने, “अहिले उहाँको ज्वरो घटेर स्वास्थ्यमा सुधार भइरहेको छौं उनकाअनुसार महामन्त्री डा कोइरालालाई निमोनिया भएको

महामन्त्री कोइरालाको उपचारमा अस्पतालमा निर्देशक डा विश्वनाथ कोइरालाको नेतृत्वमा डा सुवोधसागर ढकाल डा प्रमेशसुन्दरश्रेष्ठलगायतको टिम रहेको उनको स्वास्थ्य अवस्था स्थिर रहेको अस्पतालका प्रबन्ध निर्देशक कार्कीले जानकारी दिए केहीदिनअघि महामन्त्री डा कोइरालालाई कोरोना सङ्क्रमण देखिएको थियो

प्रकाशित मिति : १ आश्विन २०७७, बिहिबार  १२ : ०१ बजे