काठमाडौं । दश पटक विना अक्सिजन सर्बोच्च शिखर सगरमाथाको चुचुरामा पुगेर विश्व कीर्तिमान कायम गरेका आरोही आङरिता शेर्पाको सोमबार निधन भएको छ ।
‘हिम चतिुवा’ को समेत उपमा पाएका विश्व रेकर्डधारी आरोही आङरिताको ७२ वर्षको उमेरमा बौद्ध जोरपाटीस्थित आफ्नै निवासमा मृत्यु भएको हो ।
सन् १९४८ मा सोलुखुम्बुको सामान्य किसान परिवारमा जन्मेका आङरिताले १५ वर्षको उमेरमा भरियाको रुपमा पर्यटन क्षेत्रमा प्रवेश गरेका थिए । सन् १९९३ मा जर्मन–अमेरिकन आरोहण टोलीसँगै उनले पहिलो पटक विना अक्सिजन सगरमाथा आरोहण गरेका थिए । त्यसपछि १९९६ सम्म दश पटक विना अक्सिजन सगरमाथा आरोहण गरे । उनलाई संरक्षण क्षेत्रमा योगदान गरेबापत सन् २०११ मा संरक्षण क्षेत्रमा निक्कै प्रतिष्ठित मानिने सर एडमण्ड हिलारी माउण्टेन लेगेसी मेडलले सम्मानित गरिएको थियो ।