विश्व शेर्पा संघले अक्टोबरमा दुई दिन विश्व शेर्पा दिवस मनाउने

२०७७ आश्विन ५, सोमबार २३:३८

विश्व शेर्पा संघ जम्बुलिङ शेर्वी छोक्पाले आगामी अक्टुबर ७ र ८ तारिख विशेष कार्यक्रमको साथ  तेस्रो विश्व शेर्पा दिवस मनाउने भएको छ । संघको कार्यकारिणी समितिको गत शनिबार बसेको बैठकले यस पटक अनलाइनबाट दुई दिन शेर्पा दिवस मनाउने निर्णय गरेको महासचिव पासाङ गेले शेर्पाले जानकारी दिएको छ ।

बैठकले बेलायत शेर्पा संघको अध्यक्ष स्व साना शेर्पा लगायत विश्वभरि कोरोना महामारीले मृत्यु भएका सबै ज्ञात अज्ञात मानिसहरूलाई समवेदना प्रकट गर्दै श्रदान्जली प्रस्ताव पारित गरिएको थियो । त्यस्तै नेपाल शेर्पा संघ, शेर्पा संघ जापान, शेर्पा संघ पोर्चुगल , शेर्पा संघ साईप्रस र शेर्पा संघ इजरायलको नवनिर्वाचित कार्यसमितिलाई बधाई ज्ञापन प्रस्ताव पारित गरिएको जनाएको छ ।

बैठकले आगामी ७ र ८ अक्टोबरको दिन भर्चुअलको माध्यायमबाट हुन लागेको ग्लोबल शेर्पा डे कार्यक्रम तयारीको लागी पाच सदस्यीय समिति गठन गरिएको छ । समितिमा नेपालबाट आङ दोर्जी शेर्पा (अध्यक्ष)  भारत , सिक्क्मि दार्जिलिबाट पासाङ गेली शेर्पा (महासचिव) अमेरिकाबाट आङछिरीङ शेर्पा (प्रवक्ता) , वेलयतबाट आंग दावा च्याबा शेर्पा  र युरोपबाट दावा ग्याल्जेन शेर्पा राखिएको छ ।

विश्व शेर्पा संघले अक्टोबर ७ को दिन शेर्पा समुदायको शिक्षा, भाषा, धर्म संस्कार र संस्कृति सम्बन्धीत गोष्ठी र अक्टोबर ८ तारिखको दिन शेर्पा समुदायको मौलिक सांस्कृतिक झल्कने कार्यक्रमसंगै शुभकामना आदान प्रदान कार्यक्रम आयोजना गरिने भएको छ । त्यस्तै बैठकले शेर्पा समुदायको अग्रज एंव अभिभावक स्वर्गीय तेन्जिङ नोर्गे शेर्पाले “भारत रत्न“ को उपाधि पाउनु पर्छ भनेर दार्जिलिङ क्षेत्रका सांसद माननीय राजु विष्टले भारतीय संसदमा राखेको मागप्रति संघले कृतज्ञता प्रकट गर्दै धन्यवाद प्रस्ताव पारित गरियो ।

सम्बन्धित समाचार