ललितपुर जिल्लाका तीन मेयरलाई कोरोना

२०७७ आश्विन ९, शुक्रबार १८:४७

काठमाडौं ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनलाई कोरोना भाइरस सङ्क्रमण भएको पुष्टि भएको बिहीबारस्वास्थ्यमा असहजता महसुस भएपछि राष्ष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा स्वाब परीक्षणका लागि दिएकोमा शुक्रवार कोरोनापोजेटिभ रिपोर्ट आएको महानगरका प्रवक्ता राजु महर्जनले जानकारी दिए

प्रमुख महर्जन बखुन्डोलस्थित निजी निवासमा आइसोलेशनमा रहेका छन् उनको परिवारका  सदस्यको भने अब पाँच दिनपछि स्बाबपरीक्षण गरिने जनाइएको

आजै गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जन उनका धर्मपत्नी गङ्गामायालाई कोरोना सङ्क्रमण पुष्टि भएको यही असोज गते उनीहरुको स्वाब सङ्कलन गरेर  जनस्वास्थ्य प्रयोगशाला टेकु परीक्षणका लागि पठाउँदा आज कोरोना सङ्क्रमण पुष्टि भएको हो

हाल महर्जन दम्पती होम आइसोलेसनमा रहेको   गाह्रो भयो भने मात्र अस्पताल जाने निर्णय गरिएको प्रमुख महर्जनले बताए उनले  सम्पर्कमा रहेर शङ्का लागेका हरेक व्यक्तिलाई तुरुन्त कोभिड परीक्षण गर्न अनुरोध गरेका छन्।

यसैगरी महालक्ष्मी नगरपालिकाका प्रमुख रामेश्वर श्रेष्ठ उनकी धर्मपत्नी दुवैमा पुनः दोस्रोपटक  बुधबार कोरोना सङ्क्रमण पुष्टिसहितनतिजा आएको उनीहरु हाल दुवैले ग्वार्काेस्थित किष्ट मेडिकल कलेजमा उपचार गराइरहेका छन्

सम्बन्धित समाचार