सरकारले एसिड आक्रमणबिरुद्ध कडा कानुन ल्यायो

२०७७ आश्विन ९, शुक्रबार १९:०४

काठमाडौं सरकारले अध्यादेश मार्फत एसिड (तेजाब) आक्रमण गर्नेहरुलाई कडा सजाय हुने कानुन ल्याएको

मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले फौजदारी कसूर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐन संशोधन गर्न बनेको अध्यादेश पासगरेको राष्ट्रपतिबाट यो अध्यादेश प्रमाणीकरण भएपछि कानूनका रुपमा कार्यान्वयनमा आउने

कानुन अनुसीर आँखा, कान, नाक, मुख, अनुहार महिला भए स्तन यौनाङ्गमा भएको क्षतिअनुसार एसिड प्रहार गर्ने ब्यक्तिलाई १० देखि२० वा २० वर्षको कैद सजाय तोकिएको भने एसिड आक्रमण गर्दा सम्वन्धित व्यक्तिलाई नलागेमातेजाब आक्रमण गरी अंगभंग गर्नेउद्योगमा मुद्दा चलाइनेछ कसुर प्रमाणित भएमा १० वर्षसम्म कैद सजाय हुनसक्छ

त्यस्तै दुबै आँखा जली वा क्षति भई पूर्ण रुपमा दृष्टि नष्ट भएमा, दुबै कानको जाली वा क्षति भई सुन्ने शक्ति पूर्ण रुपमा नष्ट भएमा, नाकजले वा क्षति भई काम नलाग्ने भएमा, अनुहार पूर्ण रुपमा जली वा क्षति भई कुरुप भएमा, महिला भए दुबै स्तन जली वा क्षति भई कामनलाग्ने भएमा वा कसैको यौनाङ्ग जली वा क्षति भई नासिएमा यस्तो गर्ने गराउनेलाई २० वर्ष कैद १० लाख जरिवाना हुने ब्यवस्थागरिएको

एउटा, आँखा, एउटा कान, जली वा क्षति भई काम नलाग्ने भएमा, आंशिक रुपमा अनुहार जली वा क्षति भई कुरुप भएमा, महिला भएएउटा स्तन जली वा क्षति भई काम नलाग्ने भएमा, दुबै हात जली काम नलाग्ने भएमा वा दुबै गोडा पूर्ण रुपमा जलेर काम नलाग्ने भएमा, टाउकोको कुनै भाग जली क्षति भएमा वा मेरुदण्ड जली वा क्षति भई काम नलागने भएमा १० देखि २० वर्षसम्म कैद लाखदेखि १०लाखस्म्म जरिवाना हुनेछ

अध्यादेशको पूर्णपाठका लागि यहाॅ क्लिक गर्नुहोस्

सम्बन्धित समाचार