काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल समूहले पार्टी सभापति देउवालाई दुई हाप्ते अल्टिमेटमसहित ज्ञापनपत्र बुझाएको छ ।
ज्ञापनपत्रमा आफूहरुले असोज १९ गते बोलाइएको केन्द्रीय कार्यसमिति बैठक अगाडि उठाएका मुद्दा सम्बोधन गर्न भनिएको छ । मागहरु पुरा नभए विरोध कार्यक्रम सुरु गर्ने पनि उल्लेख गरेको छ ।
पौडेल समूहले विभाग गठन खारेज गर्नुपर्ने, समायोजन छिटो सक्नुपर्ने र केन्द्रले आफूखसी क्रियाशील सदस्यता बाँड्न नहुनेलगायतका माग गर्दै आएका छन् ।
आइतबार पार्टी कार्यालयमा दर्ता गरिएको ज्ञापनपत्रमा पार्टीलाई विधानसम्मत सञ्चालन गरी १४औं महाधिवेशन स्वच्छ, निश्पक्ष गर्ने वातावरण सृजना गर्न आग्रह गरिएको छ ।
पौडेल समूहको ज्ञापन पत्रमा कृष्ण सिटौला समूहका भने कसैले पनि हस्ताक्षर गरेका छैनन् ।
ज्ञापनपत्रको पूर्णपाठ: