ट्रम्प र मेलानीया दुबैलाई कोरोना संक्रमण

२०७७ आश्विन १६, शुक्रबार १२:०२

न्युयोर्क (एजेन्सी)। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र प्रथम महिला मेलानीया ट्रम्प दुबैलाई कोरोनाभाइरस संक्रमण भएको छ । राष्ट्रपति ट्रम्पले बिहीबार ट्वीट गर्दै भनेका छन्, ‘म र प्रथम महिला दुबै कोभिड–१९ बाट संक्रमित भएका छौं । हामी दुबै क्वारेन्टिनमा छौं ।’

यसअघि राष्ट्रपति ट्रम्पले आफ्ना वरिष्ठ सल्लाहकार होप हिक्सलाई कोरोना संक्रमण देखिएको बताएका थसए । हिक्सलाई कोरोना पोजेटिभ भएसँगै राष्ट्रपति ट्रम्प र मेलानीया दुबैले कोरोना परीक्षण गराएका थिए ।

मंगलबार अमेरिकी राष्ट्रपतिको लागि प्रतिद्वन्द्वी डेमोक्र्याटिक पार्टीका जो बिडेनसँगको पहिलो टिभी बहसका लागि ओहायो गएका थिए ।

ट्रम्पका चिकित्सक सीन कोन्लीले एक विज्ञप्ति जारी गर्दै राष्ट्रपति र पहिलो महिलाको स्वास्थ्य अहिलेसम्म ठिकठाक भएको र व्हाइट हाउस भित्रै बस्न चाहेको उल्लेख गरेका छन् ।

सम्बन्धित समाचार