जिपिके फाउण्डेशनद्धार २४ औ पटक खाद्य सामाग्री वितरण

२०७७ आश्विन १६, शुक्रबार २०:०३

गिरिजा प्रसाद कोइराला फाउण्डेशन अमेरिकाले न्युर्योक सिटिको क्विन्स बोरो प्रेसिडेन्ट शारोन लि र रिभर फण्डका मुख्य उत्पादन अधिकारी डा. ओट्टो स्टार्जमेनबाट प्राप्त खाद्य सामाग्रीहरु दुई चरणमा समुदायलाई वितरण गरेको जनाएको छ ।
न्युयोर्क सिटिको विभिन्न व्यक्ति तथा सस्थाबाट प्राप्त भएको सहयोग समुदायमा २४ औ नियमित रुपमा वितरण गरेको फाउण्डेसनका अध्यक्ष सोमनाथ घिमिरेले बताए ।

 

उनका अनुसार क्विन्स बोरो प्रेसिडेन्ट शारोनलिले दिएको ५० बक्स ग्रोसरि ड्राइ फुड ग्यालसुम्दा सेवा समाजका पुर्व अध्यक्ष तथा फाउण्डेसनका सदस्य छिरीङ्ग राप्के लामा र  राम चन्द्र अधिकारीको संयोजकत्वमा नुप्री एसोसियसन अमेरिकालाई २० बक्स, गुरुङ ( तमु) समाज न्युयोर्कलाई २० बक्स ग्रोसरि र १० बक्स लामा र अधिकारी मार्फत वितरण गरेको थियो । त्यस्तै दोस्रो चरणमा फाउण्डेशन ५सय ७६ बक्स दुध, फ्रोजन चिकेन र फलफुलको बक्स वितरण गरेको जनाएको छ ।

ति खाद्य समाग्री जन सम्पर्क समितिका प्रतिनिधि अनिल पाण्डे मार्फत १८० बक्स, तिब्बतीयन कम्युनिटि एनवाइएनजे की प्रतिनिधि तेन्जिन टिस्याङ मार्फत ९० बक्स, शेर्पा किदुगका उपाध्यक्ष फुर्वा शेर्पा मार्फत ८० बक्स, नुप्री एसोसियेसन अमेरिकाका अध्यक्ष पेम्वा जिम्बा मार्फत ५० बक्स, द गुरुङ (तमु) समाज अमेरिका- न्युयोर्कका उपाध्यक्ष सिद्वार्थ गुरुङ मार्फत ४४ बक्स, पल्जु शेर्पा मार्फत १० बक्स, बुद्व पौडेल मार्फत १० बक्स,भोज राज ठोक्कर मार्फत ५ बक्स, आङ छिरिङ शेर्पा मार्फत ५ बक्स र व्यक्तिगत लाईनमा वितरण १०२ बक्स वितरण गरेको अध्यक्ष घिमिरेले जानकारी दिएको छ ।

फाउन्डेसनको निःशुल्क खाद्य सामाग्री  वितरण कार्यक्रममा उपाध्यक्ष सुवर्ण लामा, सदस्यहरु छिरीङ्ग राप्के लामा, सुर्य सिम्खडा र राम चन्द्र अधिकारी खटिएका थिए भने स्वयंसेवीहरु पंकज सुब्बा, अनिल राज पाण्डे, प्रेमलाल बुढा मगर, विमल रोक्का, लक्ष्मण पुन, राम अधिकारी, प्रधुम्न रायमाझि, कुमार खडका, नारायण भट्टराई, राजु घर्ती, माधव जोसी, बुद्वी पौडेल, कमला पन्त र मुना भण्डारी के.सि. लगायत खटिएका थिए । फाउण्डेशनले क्विन्स बोरो प्रेसिडेन्ट शारोन लि र रिभर फण्ड का मुख्य उत्पादन अधिकारी डा. ओट्टो स्टार्जमेनलाई खाद्य सामाग्री सहयोग गरेकोमा धन्यवाद एंव आभार प्रकट गरेको जनाएको छ ।

सम्बन्धित समाचार