लापरबाही जारी रहे फेरी लकडाउन गर्न सकिने सरकारको चेतावनी

२०७७ आश्विन २५, आईतवार २२:४९

काठमाडौं जनताले लीपरबाही गर्दै गए फेरी लकडाउन गर्न सकिने सरकारले चेतावनी दिएको

सरकारका प्रवक्ता प्रदीपकुमार ज्ञवालीले चाडबाडका बेला फेरि बन्दाबन्दीतर्फ जान नपरोस् भन्ने सरकारको चाहना रहेको बताएका हुन् यही असोज २२ गते बसेको मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्न आज सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आयोजित नियमितपत्रकार सम्मेलनमा उनले  नागरिकको जीवन रक्षा सरकारको प्रमुख दायित्व भएको स्पष्ट पारे

पछिल्लो समय कोरोना भाइरसको सङ्क्रमणमा तीव्रता आएको प्रसङ्ग उल्लेख गर्दै उनले अझै पनि सबै सचेत भएमा बन्दाबन्दी गर्नुपर्नेस्थिति नआउने बताए

कोरोना भाइरसको महामारीविरुद्धको लडाइँमा काठमाडौं पछि परेकामा  मन्त्री ज्ञवालीले असन्तुष्टि व्यक्त गर्दै काठमाडौँले कोरोनारोकथाम नियन्त्रणका लागि देशका केही जिल्लाबाट राजधानीले सिक्नुपर्ने बताए बाँके, कपिलवस्तु, उदयपुर वीरगञ्जमा भयावहबन्दै गएको कोरोना महामारीलाई कसरी त्यहाँका सम्पूर्ण निकायले नियन्त्रणमा लिए भन्नेबारे  झण्डै ४० लाख जनसङ्ख्या भएकोकाठमाडौँका नागरिक, जनप्रतिनिधि सङ्घसंस्थालाई  सिक्न उनल् सल्लाह दिए उनका अनुसार देशका सम्पूर्ण कोरोनासङ्क्रमितमध्ये झण्डै ६० प्रतिशत काठमाडौंमा  छन्

सम्बन्धित समाचार