१० माघ २०८२, शुक्रबार | Sat Jan 24 2026

राप्रपा अध्यक्ष थापालाई कोरोना पुष्टि



काठमाडौं राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापालाई कोरोना पोजेटिभ पुष्टि भएको सामान्य टाउको दुखाइपछि ह्याम्सअस्पतालमा बुधबार गरिएको कोभिड१९को पिसिआर परीक्षणमा रिपोर्ट पोजेटिभ देखिएको उनले सामाजिक सञ्जाल ट्वीटरमार्फतजानकारी गराएका  छन्

कोरोनाको महामारीबाट जोगिन आवश्यक सावधानी सतर्कता राखे तापनि परीक्षणको नतिजा पोजेटिभ आएको अहिलेस्वास्थ्यावस्था सामान्य रहेको अध्यक्ष थापाले उल्लेख गरेका छन्

उनी अहिले बूढानीलकण्ठस्थित निवासमै आइसोलेशनमा रहनुभएको पार्टी सचिवालय सदस्य राजाराम बर्ताैलाले जानकारी दिए केहीदिनयता आफूसँग सम्पर्कमा आएका सबैलाई सुरक्षित सतर्क रहन अध्यक्ष थापाले  अनुरोधसमेत गरेका छन्

प्रकाशित मिति : २९ आश्विन २०७७, बिहिबार  ८ : २९ बजे