भौतिक पूर्वाधार मन्त्री नेम्वाङलाई कोरोना, तीन मन्त्री पुग्यो

२०७७ कार्तिक ३, सोमबार १७:११

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री बसन्त नेम्वाङलाई कोरोना संक्रमण भएको छ। उनको पिसिआर परीक्षणको रिपोर्ट सोमबार पोजेटिभ आएको उनको सचिवालयले जनाएको छ ।

सचिवालयका अनुसार लक्षण देखिएपछि मन्त्रीले स्वाब दिएका थिए। ‘उनको आजै पोजेटिभ रिपोर्ट आएको छ । सामान्य ज्वरो र खोकी लागेको छ। अहिले मन्त्री क्वार्टरमै आइसोलेसनमा बस्नुभएको छ,’ उनको स्वकीय सचिवले भनेका छन् ।

मन्त्री नेम्वाङले आफू संक्रमित भएकोले आफूसँग सम्पर्कमा आएकाहरूलाई सावधानी अपनाउन आग्रह गरेका छन्। यसअघि पर्यटन मन्त्री योगेश भट्टराई र शिक्षा मन्त्री गिरिराजमणि पोखरेललाई कोरोना संक्रमण पुष्टि भएको थियो ।

सम्बन्धित समाचार