गुह्येश्वरीको दुई किलो सुन कस्ले खायो?

२०७७ कार्तिक ६, बिहीबार १६:५८

काठमाडौं । गुह्येश्वरी मन्दिरमा रहेको दुई किलो भन्दा बढी सुन गायव भएको तथ्य बाहिर आएको छ । राष्ट्रिय समाचार समितिले पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष डा. मिलनकुमार थापालाई उदृत गर्दै उक्त समाचार बाहिर ल्याएको हो ।

थापाका अनुसार गुह्येश्वरीको १७३.५ तोला सुन गायव भएको छ । मन्दिर गर्भगृह मर्मत सम्भार गर्ने क्रममा अष्टदल र भैरवको मूर्तिमा रहेको १७३.५ तोला अर्थात् करिब दुई किलोभन्दा बढी सुन नभेटिएको हो ।

अष्टदलको मूर्तिमा साविकमा ३७९ तोला सुन रहेकोमा मर्मतका बेला २९४ तोलामात्र भेटिएको र भैरवको मूर्तिमा साविकमा ३३४ तोला सुन भएकामा मर्मत सम्भारका क्रममा निकालेर जोख्दा २४५.५ तोलामात्र भेटिएको उनले बताएका छन् ।

भएको सुन गायव भएपछि दुई करोड ११ लाख रुपैयाँ खर्च गरेर कोषले सुन थपेर अष्टदल र भैरवको मूर्ति पुनःनिर्माण गरेको छ पनि उनको भनाई रहेको छ । ती सुनका दुवै संरचना विसं २०५७ मा निर्माण भएको हो । १८ वर्षको अवधीमा सवा दुई करोडको सुन गायव भएको उनको भनाई रहेको ५ ।

गुह्येश्वरी मन्दिर कोष मातहत नै भएपनि यसको व्यवस्थापन गुठी संस्थानले गठन गरेको समितिले गर्दै आएको छ । द्वैध स्वामित्वका कारण मन्दिरमा बेला बेलामा विवाद आउने गरेको छ । व्यवस्थापन समितिका अध्यक्ष सुमित खड्गी गुह्येश्वरी मन्दिरमा अण्डा, जाँड, रक्सी जस्ता तामसी चीज पनि चढाइने भएकाले सुन खिइएर गएको दावी गरेका छन् । कोषका पदाधिकारीले भने खिइएर गएको जस्तो देखिने खालका तथ्य फेला नपरेको उल्लेख गरेको छ ।

सम्बन्धित समाचार