२८ माघ २०८१, सोमबार | Tue Feb 11 2025

महामारीबाट जनताको जीवनरक्षा सरकारको पहिलो प्राथमिकता: प्रधानमन्त्री(सम्बोधनको पूर्णपाठसहित)



काठमाडौं प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै पनि विपत्तिमा नागरिकको रक्षा गर्नु सरकारको दायित्व भएको   अहिले कोरोना  भाइरसको महामारीबाट जनताको जीवनरक्षा गर्नु पनि सबैभन्दा पहिलो काम कर्तव्य भएको बताएका छन् 

बडादशैँका अवसरमा शुक्रबार देशवासीका नाममा सम्बोधन गर्दै  प्रधानमन्त्री ओलीले कोरोना भाइरसजस्तो अदृश्य साझा शत्रुसँगकोलडाइँको यस कठिन घडीमा सरकार नागरिकको जीवन रक्षा स्वास्थ्योपचारका सन्दर्भमा आफ्ना कर्तव्यबाट विमुख हुन नसक्ने नभएको स्पष्ट गरेका हुन्

सम्बोधनको पूर्ण पाठ:

आदरणीय दिदीबहिनी तथा दाजुभाइहरू,

नेपालीहरुको ठूलो चाड, बडादशैं शुरु भइसकेको यस महान् अवसरमा सर्वप्रथम स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्णदिदीबहिनी तथा दाजुभाइहरुमा सुस्वास्थ्य, प्रगति समुन्नतिको लागि हार्दिक शुभकामना व्यक्त गर्न चाहन्छु

बडादशैंँलगायतका हाम्रा चाडपर्वहरु यत्तिकै प्रचलनमा आएका होइनन् विभिन्न ऐतिहासिक पृष्ठभूमिका आधारमा हाम्राचाडवाडहरुको विकास भएको समाज निर्माण हुने क्रममा, सभ्यताहरु विकसित सुगठित हुने क्रममा यस्ता चाडपर्वहरु निर्माणभएका छन् सामाजिक सुप्रबन्ध कायम गर्नका लागि निर्माण भएका यस्ता चाडपर्वहरु, समयक्रममा हासिल भएका अनुभव अनुभूतिहरुबाट समृद्ध हुँदै प्रयोग प्रचलनमा रहेका हुन् नाता, साइनो सम्बन्ध, तिनको महत्व मर्यादा एवं तिनको परिपालना सुप्रबन्धका लागि हाम्रा पूर्वज अग्रजहरुले बहुतै बुद्धिमत्ताका साथ यस्ता विभिन्न चाडपर्व उत्सवहरुको विकास गरेका हुन्

यी चाडवाडहरु केवल पर्व उत्सवहरु मात्रै होइनन्, सामाजिक प्रबन्धका आधारहरु हुन् हाम्रो सभ्यता, हाम्रो संस्कृति हाम्रा मूल्यमान्यताहरु यिनै सामाजिक प्रबन्धहरुका आधारमा विकसित भएका छन् खासमा चाडपर्वहरु समाजलाई एकीकृत आकर्षित गर्नेचुम्बकहरु हुन् साथै, समाजलाई सहज सञ्चालन गर्ने लुब्रिकेन्टस हुन् त्यसैले, यी चाडपर्वहरुका सकारात्मक अन्तर्यहरु, जो महान् जिवन्त छन्, यिनलाई अपनाउनु अगाडि बढाउनु आवश्यक त्यसैले यस्ता चाडपर्वहरुलाई नितान्त पुरातन मान्यताका रुपमा मात्रैबुझ्दा अस्वीकार गर्दा सिङ्गो समाजलाई निरर्थक, निरस प्रयोजनहीन जस्तो बनाउँछ

तर चाडबाडका नाममा हुने गरेका केही नकारात्मक पक्षहरुलाई भने हटाउनु आवश्यक औचित्य आवश्यकताको वास्तै नगरी, आफ्नो सामथ्र्यको समेत ख्याल नगरी आँखा चिम्लिएर उत्सव मनाउँदा फजूल खर्चमा हौसिने जस्ता अभ्यास कुनै पनि कोणबाट उचितहोइनन् यस्ता अभ्यासलाई सच्याएर हाम्रा चाडपर्वहरुलाई मितव्ययी उचित बनाउन हामी सबै सजग सचेत रहनु आवश्यक भनिन्छ नि, बोटबिरुवाको रक्षा गर्नु भनेको ऐंजेरु पाल्नु होइन

आदरणीय दाजुभाइ तथा दिदीबहिनीहरु,

बडादशँैंलाई विभिन्न वर्ष, फरकफरक परिस्थितिका बीच हामीले मनाउँदै आएका छौं महाविनाशकारी भुइँचालो गएको साल पनिदशँैं आयो, बेघरबार भएका हामीमध्ये कतिले त्रिपालमुनि बसेर भए पनि यस परम्परालाई धान्यौंँ

पारिवारिक मिलनको चाडका रुपमा वर्षमा एकचोटि हर्षोल्लासका साथ मनाइने यस पर्वमा परदेशमा रहेका आफन्त घर आउननपाएकोमा दुःखी हुँदै हामीले पटकपटक यस्ता महान् पर्वहरु मनायौंँ

यस वर्ष हामी, कोभिड१९ महामारीको भुमरीबीच बडादशैं२०७७ लाई स्वागत गरिरहेका छौंँ यो विश्वव्यापी महामारीले नेपाललाईपनि नराम्ररी प्रभावित गरेको यस घडीमा हामी, परिवारमा सँगै भएकाहरु पनि परपर बस्न बाध्य छौंँ पहिलेपहिले छुट्टी नमिल्दा यस चाडपर्वमा घर जान नपाउँदा निराश हुने हामीहरु अहिले छुट्टी मिल्दासमेत चाहेर पनि घर फर्कने परिवारमा घूलमिल हुनेअवस्थामा छैनौंँ सतहमा सबै स्वस्थ देखिन्छौं, फेरि पनि कुनबेला ओछ्यानमा पर्नुपर्ने हो अलगअलग थन्किनु पर्ने हो, टुङ्गो छैन अनिश्चय आशंकाको बीचमा हामी छौं

अहिलेको यस विषम परिस्थितिमा हामीले यस महान् चाडलाई विगतमा भन्दा फरक ढंगले मनाउनु परेको आफ्ना मान्यजनहरुसँगटीका, जमरा ग्रहण गर्ने क्रममा अनावश्यक नजिकिँदा हुन सक्ने सम्भावित संक्रमणको खतरा ख्याल गर्नुपर्ने हुन्छ

ज्येष्ठ नागरिक, बालबालिका कमजोर स्वास्थ्य अवस्थाका व्यक्तिहरुमा संक्रमणको संभावना ज्यादा हुने भएकाले यसप्रति विशेषसजग भएर नै दशैं मनाउनु हुन सबैमा आग्रह गर्न चाहन्छु

दशैंँको मुखमा यस महामारीको संक्रमण अहिलेसम्मकै उच्च देखिएको अहिले राजधानी काठमाडौंँ उपत्यका यस संक्रमणकोकेन्द्रजस्तै बन्न पुगेको यस महामारीको संक्रमणको वेग थामिन केही समय लाग्न सक्छ त्यसैले यसलाई रोक्न, नियन्त्रण गर्न संक्रमितको उपचारमा सरकारले आप्mना सम्पूर्ण प्रयासहरु केन्द्रित गरेको

कुनै पनि विपत्तिमा नागरिकको रक्षा गर्नु सरकारको निःशर्त दायित्व हो अहिले यस महामारीबाट जनताको जीवनरक्षा गर्नु पनिसरकारको सबैभन्दा पहिलो काम परम कर्तव्य हो यस दायित्वलाई पूरा गर्न तपाईंको मतबाट निर्वाचित यो सरकार कुनै पनि बहानामापछि हट्दैन सम्पूर्ण देशवासी दिदीबहिनी दाजुभाइलाई निश्चिन्त रहन अनुरोध गर्दछु, कोभिड१९ बाट संक्रमित हरेक नागरिककोपरीक्षण उपचारको यथोचित प्रबन्ध यस सरकारले गर्छ पहिचान, परीक्षण उपचारमा मात्रै होइन, यस महामारी बिरुद्धको खोपमानेपाली जनताको सहज पहुँचका लागि समेत सरकार क्रियाशील रहन्छ

सामान्यतया यस्ता राष्ट्रिय विपत्तिको बेला अफवाहका तुवाँलो बाक्लै लाग्ने गर्दछन् गत बर्ष चैत ११ गते पहिलोचोटि लकडाउन गरेदेखिहालसम्मै जनतालाई भयभीत असहाय महसुस गराउने प्रकृतिका थुप्रै अफवाहहरु चलेका छन् सक्रिय संक्रमितको एउटा मात्रै केसहुँदा होस् वा अहिले एकैदिनमा हजारभन्दा बढी सक्रिय केस पहिचान भएको क्षणमा होस्, अफवाहको प्रकृति करिबकरिब उस्तै रहेकोदेखिन्छ तर आम देशबासीको सहयोगका कारण समयक्रममा त्यस्ता तुवाँलोका तहहरु क्रमशः mाटेका छन् जनताको यहीसकारात्मक सहयोगका कारण यस महामारीमा मृत्युदर अझै . प्रतिशतभन्दा माथि जान सकेको छैन निको हुने दर क्रमशः बढ्दै

मैले भन्दै आएको छु, महामारीविरुद्धको यस लडाइँमा हामी प्रत्येक सिपाही हौंँ हामी हरेकको यस लडाइँमा आफ्नो सुरक्षा, परिवारकोसुरक्षा, अनि समुदाय आमजनताको सुरक्षाको लागि योगदान हुनु आवश्यक यसो भनिरहँदा, सरकारले सक्ने आफैंँ बाँच, नसक्नेजेसुकै गर भन्यो भन्ने जस्ता हल्ला फेरि पनि सुनिएको महामारी महाविपत्तिमा राज्यले सबै नागरिकको यथोचित साथको अपेक्षागर्दछ हुनेले नहुनेलाई सहयोग गर्ने मानवीय पक्ष मात्र नभई हामी नेपालीहरुको परम्परा नै रहेको सरकारले संक्रमितको पहिचान, परीक्षण उपचारमा सबैको उत्तिकै पहुँच हुने प्रबन्ध गरिरहेको सम्बन्धित अस्पताल विकास समिति, संक्रमित व्यक्ति वा परिवारलेसक्दिनँ भन्ने स्वघोषणा गरेको अवस्थामा निःशुल्क उपचारको व्यवस्था निरन्तर जारी मृतकहरुको शव व्यवस्थापनको सन्र्दभमा पनिकेही फरक नगरी पूर्ववत् व्यवस्था नै जारी सगसगै स्थानीय परम्परा पारिवारिक संस्कारलाई समेत मध्यनजर गरी पारिवारिकसंलग्नतामा शव व्व्यवस्थापन गर्न सकिने प्रबन्धसमेत मिलाइएको निजी अस्पतालमा अहिले पनि कतिपय दिदीबहिनी दाजुभाइहरुस्वेच्छाले आफैं, आप्mनै खर्चमा उपचार गराइरहनु भएको राज्यको लागि बोझ होइन, थप सहयोग गर्ने उहाँहरुको यो कार्यआफैंँमा प्रशंसनीय

कनिन घडीमा नै परिवार, नातागोता, छरछिमेकी जनप्रतिनिधिहरुको सहयोगको महत्व हुन्छ पीडाका घाउमा पारस्परिक सहयोग एकताको भावनाबाट मल्हम लगाउन सकिन्छ आफैं संक्रमित हुँदा होस् वा परिवारका कोही, त्यसको मनोवैज्ञानिक असर गहिरो हुन्छ संक्रमित विरामीहरु संक्रमणले सिर्जना गरेको भयबाट अपहेलित हुने उपचार नपाउनेजस्तो स्थिति हुनुहँुदैन अत्यन्त सावधानी आत्मीयताका साथ गरिने सहयोगी व्यवहारले विरामीहरुको मनोबल उच्च पार्न छिटो निको बनाउन मद्दत पु¥याउँछ

यस महामारीविरुद्धको हाम्रो लडाइँ राजनीति वा अन्य स्वार्थहरुको टकरावसँग सम्बन्धित छैन हुनुहुँदैन कोरोना भाइरसजस्तो अदृश्यसाझा शत्रुसँगको लडाईंको विषयलाई पक्षविपक्षको स्वार्थ, दाउपेच अस्त्रको हिसाबले प्रयोग गर्नु किमार्थ पनि उचित हुँदैन फेरिपनि दोह¥याएर स्पष्ट पार्न चाहन्छु, यस कठीन घडीमा सरकार नागरिकको जीवन रक्षा स्वास्थ्य उपचारको सन्दर्भमा आफ्नाकर्तव्यहरुबाट विमुख हुनसक्दैन भएको छैन त्यसैले, जनताको स्वास्थ्य सुरक्षा एवं जीवन रक्षाको लागि सरकारले घोषणा गरेकानियमहरुको कडाइका साथ पालना गर्न सबैमा आग्रह गर्न चाहन्छुु

यस्तो बेलामा हामीले सबै प्रकारका चिकित्सा प्रणालीहरु, तद्अन्तर्गतका विधि औषधिहरु, तत्सम्बन्धी विज्ञ चिकित्सकहरुकोपरामर्शमा मात्रै नियमको पालना औषधिहरु सेवन गर्नु उचित हुन्छ मास्कको अनिवार्य प्रयोग गर्ने, सामाजिक दूरी कायम गर्ने, सरसफाईमा बढी ध्यान दिने, ताजा खानेकुरा खाने, तातोपानी पिउने सम्बन्धित विधाका चिकित्सकको परामर्शमा औषधीय गुणलेयुक्त रहेका घरेलु औषधीय तत्वहरुको प्रयोग गर्नेजस्ता कुरामा सक्दो ध्यान दिनु जरुरी

कोभिड१९ बाट जनतालाई बचाउन मानवीय सेवाभावका साथ आआफ्नो मोर्चामा हरेक खतरा कठिनाई व्यहोर्दै चिकित्सक, नर्सतथा अन्य स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, कर्मचारी, समाजसेवी, जनप्रतिनिधि, परोपकारी संघसंस्था व्यक्तिहरु निरन्तर क्रियाशील हुनुहुन्छ अहोरात्र खट्ने व्यक्ति तथा संस्थाहरुप्रति उच्च सम्मानका साथ उहाँहरुको योगदानको प्रशंसा गर्दछु

यसपालीको बडादशैंँ मनाइरहँदा कोभिड१९ संक्रमणका कारणले भएको मानवीय क्षतिप्रति दःुख शोकाकुल परिवारजनमागहिरो समवेदना व्यक्त गर्दछु संक्रमणबाट बिरामी अवस्थामा रहनुभएका सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरुको शीघ्र स्वास्थ्यलाभकोकामना गर्दछु

यस महामारीको संक्रमणबाट आपूm जोगिनु आफन्तलाई पनि जोगाउनु अहिलेको प्राथमिक काम हो

त्यसैले, यसपालीको बडादशैंँ, हामी जो जहाँ जहाँ छाँैं, त्यहीँत्यहीँ रहेर मनाउन सबैसँग विनम्र अनुरोध गर्न चाहन्छु

संक्रमणको सम्भावित खतरालाई ध्यानमा राखी मैले पनि यसपालि प्रधानमन्त्री निवासमा हुनेबडादशैंको सार्वजनिक टीका कार्यक्रमनराख्न निर्देशन गरिसकेको छु

दिदीबहिनी तथा दाजुभाइहरु,

जस्तै अप्ठ्यारोमा पनि हामी नेपालीले साहस सहजताका साथ दुःखको सामना गर्ने गरेका छौं यस महामारीले पनि अहिले हाम्रोपरीक्षा लिइरहेको

अनुशासन, उच्च मनोबल, सतर्कता पारस्परिक सहयोगबाट यसलाई परास्त गर्न सकिन्छ भन्नेमा विश्वस्त छु

बडादशँैं २०७७ को सबैमा हार्दिक शुभकामना !

धन्यवाद

प्रकाशित मिति : ७ कार्तिक २०७७, शुक्रबार  ६ : ५३ बजे