अन्तरिक्षबाट अमेरिकी राष्ट्रपतिका लागि भोट

२०७७ कार्तिक १५, शनिबार २२:५५

काठमाडौँ । नोभेम्बर ३ मा हुने अमेरिकाको राष्ट्रपतीय निर्वाचनका लागि केट रुविन्सनले अन्तरिक्षबाट भोट हालेका छन् । अर्ली भोटको सुविधा उपयेग गर्दै भोट हालेका हुन् ।

अमेरिकी नागरिकहरुले विश्वको जुनसुकै ठाउँबाट पनि मत खसाल्न पाउँछन् । यस वर्ष ८ करोडभन्दा बढी अमेरिकी नागरिकहरुले अर्ली भटिङ अन्तर्गत चुनावअघि मत खसालिसकेका छन् ।

समाचार अनुसार पृ्थ्वीको तल्लो कक्षमा घुमिरहेको अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्र (आईएसएस) बाट रुबिन्सले अघिल्लो साता मत खसालिन् । उनले पृथ्वीभन्दा २ सय माइलमाथि रहेको अन्तरिक्ष केन्द्रबाट भोट खसालेको अमेरिकी अन्तरिक्ष संस्था नासाले जनाएको छ ।

रुबिन्सले अन्तरिक्षबाट मत खसालेको यो पहिलो पटक भने होइन । सन् २०१६ मा पनि उनले अन्तरिक्षबाटै मत खसालेको सीएनएनले जनाएको छ । त्यसबेला उनी अनुसन्धानको सिलसिलामा अन्तरिक्ष केन्द्रमा थिइन् ।

सम्बन्धित समाचार