अमेरिकामा राष्ट्रपति चयनका लागि मतदान सुरु, मतदान केन्द्रहरुमा लामो लाइन

२०७७ कार्तिक १८, मंगलवार १९:२५

काठमाडौं विश्व शक्तिराष्ट्र अमेरिकामा मंगलबार नयाँ राष्ट्रपति चयनका लागि मतदान सुरु भएको

अमेरिकाको न्यु ह्याम्सायरको डिक्सभील नोच मिल्सफील्डबाट मतदान शुरु गर्ने परम्परा अनुसार त्यस ठाउँमा मतदान भइसकेको हो

नेपाली समय अनुसार मंगलबार बेलुकाबाट मतदान शुरु हुने भएको हो अमेरिकाको स्थानीय समय अनुसार मंगलबार विहान स्थानअनुसार बजेदेखि बजेसम्ममा मतदान सुरु भएको

प्रत्यक्ष मतदान मंगलबार हुने भएपनि सोमबारसम्म अन्य माध्यमबाट झण्डै सात करोड अमेरिकी नागरिकहरुले मतदान गरिसकेकोअधिकारीहरुले जनाएका छन्

चुनावको एक दिन बाँकी छँदा .९५ करोड अमेरिकीले हुलाकमार्फत् अथवा पहिल्यै मतदान गर्न पाउने व्यवस्थाअन्तर्गत मत दिइसकेकोअधिकारीहरुले जनाएका छन् अमेरिकामा हरेक निर्वाचनमा हुलाकमार्फत लाखौ मतदाताले मतदान गर्दछन्

सन् २०१६ को राष्ट्रपतीय निर्वाचनमा तीन करोड ३० लाख अमेरिकीले हुलाकमार्फत् मतदान गरेकोमा यस पटक कोरोनाभाइरसमहामारीलाई लिएर आठ करोड २० लाख मानिसलाई हुलाकमार्फत् मतदान गर्न आग्रह गरिएको थियो

राष्ट्रपतिका लागि बर्तमान राष्ट्रपति तथा रिपब्लीकनका तर्फबाट उम्मेदबार बनेका डोनाल्ड ट्रम्प पूर्व उपराष्ट्रपति तथा डेमोक्रेटिकपार्टीका तर्फबाट उम्मेदबार बन्नुभएका  जो वाइडेनका बीचमा कडा प्रतिस्पर्धा बताइएको

प्रतिस्पर्धीमध्ये ट्रम्प ७४ वर्ष वाइडेन ७८ वर्षका भएकाले अमेरिकाको जिम्मेवारी बुढा नेतालाई नै पर्ने भएको

वाइडेनले चुनावी अभियान चलाउँदै ट्रम्पको कार्यकालमा भएका गल्ती कोरोना भाइरस रोकथाम नियन्त्रणमा भएका कमजोरीलाईआफ्नो प्रमुख मुद्दा बनाएका छन् भने ट्रम्प आफूमाथि लागेको आरोपहरुको प्रतिवाद गर्दै आक्रामक रूपमा प्रस्तुत भएका छन्

चुनावी सर्वेक्षणहरुमा डेमोक्रेटिक पार्टीका उम्मेदवार वाइडेनलाई नै अगाडि देखाइएको भने ट्रम्पप्रति धेरैको असन्तुष्टि रहेको भरोसाटुटेको दावी गरिएको

अमेरिकी राष्ट्रपतिको काम कार्बाहीबाट अमेरिका विदेशमा रहेका धेरै मानिसको जीवनमा प्रत्यक्ष असर पर्ने भएकाले यस निर्वाचनलाईमहत्वका साथ हेर्ने गरिन्छ

अमेरिकामा रिपब्लिकनहरूलाई परम्परावादी डेमोक्रयाटहरुलाई उदारवादी धारको रुपमा लिने गरिन्छ

अमेरिकामा कुल ५३८ वटा इलेक्ट्रोरल कलेज मतमध्ये जुन उम्मेदवारले २७० भन्दा बढी मत प्राप्त गर्न सक्छ उसैलाई विजयी भएकोमानिन्छ

सामान्य मतदाताले राज्यस्तरीय प्रतिस्पर्धाका लागि मतदान गर्ने गर्छन् उनीहरुले छानेको व्यक्तिले राष्ट्रपति चयन गर्नेछन्

यही व्यवस्थाका कारण कतिपय बेला देशव्यापी रूपमा सबैभन्दा धेरै मत ल्याउने उम्मेदवार पनि इलेक्ट्रोरल कलेजमा थोरै मत प्राप्त भएरपराजित हुने गरेका छन्

सन् २०१६ को राष्ट्रपतीय निर्वाचनमा पनि मतदानमा हिलरी क्लिन्टनले धेरै मत पाएपनि इलेक्ट्रोरल कलेजको मत डोनल्ड ट्रम्पले धेरैपाएर उनी राष्ट्रपतिमा निर्वाचित भए

त्यसैगरी त्यति बेला अधिकांश सर्वेक्षण सञ्चार माध्यमहरुले हिलारी विजयी हुने प्रक्षेपण गरेका थिए

अमेरिकामा हरेक चार चार बर्षको नोभेम्बरमा निर्वाचन हुने गर्दछ त्यस निर्वाचनबाट निर्वाचित नयाँ राष्ट्रपतिले औपचारिक रूपमाजनवरीमा २० तारिखमा शपथ ग्रहण गर्दै ह्वाईट हाउस प्रवेश गर्ने परम्परा रहेको

सम्बन्धित समाचार