५ जेष्ठ २०८२, आइतबार | Sun May 18 2025

ट्रम्पलाई फ्लोरिडामा महत्वपूर्ण सफलता, मतगणना रोक्न सर्वोच्च अदालत जान सक्छुः ट्रम्प



वासिङ्टन (एजेन्सी) अमेरिकी राष्ट्रपतिका लागि मंगलबार सम्पन्न चुनावको प्रारम्भिक नतिजा प्राप्त हुन थालेको चुनावीपरिणामहरुको रुझानले वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पले पुनः विजय हासिल गर्न सक्ने संभावना देखाएको

तर राष्ट्रपतिका दुबै उम्मेदवार जो बाइडेन डोनाल्ड ट्रम्पले चुनावी नतिजा आफ्नो पक्षमा रहने दाबी गरेका छन् राष्ट्रपति डोनाल्डट्रम्पले निकै महत्वपूर्ण मानिने फ्लोरिडा राज्यमा विजय हासिल गरेका छन्

करोडौं मत गणना गर्न बाँकी रहेकै अवस्थामा राष्ट्रपति ट्रम्पले ह्वाइट हाउसबाट बोल्दै निर्वाचनमा आफूले जित्ने निश्चित भइसकेको तरधाँधली हुने सम्भावना अझै रहेको दाबी गरे उनले चुनावी परिणामलाई लिएर आफू सर्वोच्च अदालत जाने पनि बताए

उनले भने, “साँच्चिकै भन्नुपर्दा चुनाव हामीले जितिसक्यौं चुनावमा धाँधली भएको पाइएको , यो हाम्रो मुलुकका लागि निकै दुःखदपक्ष हो उनले आफूले चुनावी नतिजाको विषयलाई लिएर सर्वोच्च अदालतमा चुनौती दिने पनि बताए

उनले चुनावमा सहयोग गर्ने परिवारका सदस्य तथा मतदानमा भाग लिने जनता सबैलाई धन्यवाद दिए

राष्ट्रपति ट्रम्पले चुनावमा आफू विजयी भइसकेको भनी गरेको भएको दाबीलाई रिपब्लीकन पार्टीकै कतिपय वरिष्ट सदस्यहरुलेअपरिपक्व भनाई भन्दै ट्वीट गरेका छन्

प्रकाशित मिति : १९ कार्तिक २०७७, बुधबार  ७ : २७ बजे