३१ असार २०८१, आइतबार | Sun Jul 14 2024

अमेरिकाको ४६ औ राष्ट्रपतिमा जो बाइडेनको जित नजिकै


Ang

२० कार्तिक २०७७, बिहिबार  

0
Shares

अमेरिकी राष्ट्रपतिको उम्मेद्धवर जो बाइडेन ४६ औ राष्ट्रपतिमा विजयी हुने प्रवल संभवना देखिएको छ । डेमोक्रेटिक पाटीको उम्मेद्धवर जो बाइडेनले बुधाबार बेलुकी ७ बजेसम्मको मतगणनाको परिणाम अनुसार २ सय ६४ इलेक्ट्रोल मत ल्याउन सफल भएका छन । त्यस्तै उनको निकटतम प्रतिद्धन्दी वर्तमान राष्ट्रपति डोनल्ड ट्रम्पले २ सय १४ ल्याएका छन । निकै मतन्तरको फरकमा अघि बडेका बाइडेनले अब ६ मत ल्याएमा विजयी हुने देखिएको छ ।

अमेरिकी राष्ट्रपतिको निर्वाचनमा जित्नेले २ सय ७० इलेक्ट्रोल मत ल्याउनु पर्ने छ । मंगलबार विहान भएको निर्वाचनको अहिलेसम्मको मतगणनाको परिणाम अनुसार सिनेटमा रिपब्लिकन पाटी अग्रता रहेको छ भने हाउसमा डेमोक्रेट पाटीको अग्रता रहेको छ । जसमा सबैभन्द बढि लोकपि्रय मत राष्ट्रपतिका उम्मेद्धवर जो बाइडेनले ल्याएका छन ।

 

प्रकाशित मिति : २० कार्तिक २०७७, बिहिबार  ६ : ३७ बजे