न्युयोर्क । डेमोक्र्यटिक पार्टीका उम्मेद्धवर जो बाइडेन अमेरिकाको ४६ औं राष्ट्रपतिमा निर्वाचित भएका छन् । रिपब्लिकन पार्टीका उम्मेदवार तथा वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पलाई हराएर बाइडेन राष्ट्रपति निर्वाचित भएका हुन् । उनी ओबामा राष्ट्रपति भएको बेलाको उपराष्ट्रपति हुन । अहिलेसम्मको मत परिणाम अनुसार बाइडेनले २ सय ८४ र रिपब्लिकन पाटीको उम्मेद्धवर वर्तमान राष्ट्रपति डोनल्ड ट्रम्पले २ सय १४ इलेक्ट्रोल मत ल्याएका थिए । अमेरिकी निर्वाचनमा डेमोक्रेटिक पाटीले सवैभन्द बढि मत यस पटक ल्याएको छ । त्यस्तै उपराष्ट्रपतिमा कमला हृारिस विजयी भएकी छन ।
बाइडेनले यस अघि प्राप्त २ सय ६४ मा पेन्सिल्भेनिया राज्यमा जितेर २० भोट थपेको हो । जसले बाइडेनलाई ह्वाइट हाउसमा पुग्न चाहिने २७० इलेक्टोरल भोटको आंकडा पार भएको छ । अमेरिकामा राष्ट्रपतीय निर्वाचनबाट ५३८ इलेक्टोरल कलेज प्रतिनिधिहरु छानिन्छन् । अमेरिकामा राष्ट्रपति बन्न २७० इलेक्टोरल भोट आवश्यक पर्छ ।
निर्वाचनको सुरुआती नतिजामा भने बाइडेन केही महत्वपूर्ण निर्णायक राज्यमा पछाडि देखिएका थिए । पेन्सिल्भेनिया, विस्कोन्सिन, मिशिगन र जर्जियाको नतिजा उल्ट्याउँदै राष्ट्रपतिमा आफ्नो स्थान सुरक्षित गरेका हुन् ।
यद्यपि रिपब्लिकन पार्टीका डोनाल्ड ट्रम्पले केही राज्यमा पुनः मतगणनाको माग गर्न माग गर्दै अदालती प्रक्रिया सुरु गरेका छन् । यसले अमेरिकी राष्ट्रपतिको विवाद भने अझै केही समय चल्न सक्ने देखिएको छ ।