एभरेष्ट टाइम्सको १२ वर्ष : सुसूचित गर्ने र समाजको सेवा हाम्रो प्रतिबद्धता

२०७७ कार्तिक २३, आईतवार २३:४०

प्रवासमा नेपाली भाषा तथा संस्कृतिको संरक्षणका लागि अमेरिकाको न्युर्योकबाट सञ्चालन हुदै आएको एभरेष्ट टाइम्स ले १२ वर्ष पुरा भएको छ । यसअघि विभिन्न कार्यक्रमको साथ मनाउदै आएको एभरेष्ट टाइम्सको १२ औ वार्षिकोत्सव यस पटक भने बिशष परिस्थतिका कारण काठमाडौंमा फरक शैलीमा मनाईयो ।

सूचना प्रवाह गर्ने कार्यसॅगै हामी बिगतदेखि नै सामाजिक सेवाको भावनामा अघि बढेको छौं । यही सिलसिलामा एभरेष्ट टाइम्सले यस पटकको बार्षिकोत्सब राजधानीको नारायणटारमा रहेको बोधिसत्व इन एक्सन (विआईए) मा आश्रय लिइरहेका १ सय शारीरिक रुपमा अशक्त भएकाहरुलाई सहयोग गरेर उनीहरुकै वीच बार्षिकोत्सव गरेर खुशीयाली साटेको छ ।

यसले दुई वर्षअघि न्युयोर्कमा १० औं बार्षिकोत्सव भव्य कार्यक्रमका साथ मनाएको थियो । उक्त अवसरमा एभरेष्ट टाइम्सले नेपाली समुदाय र न्युयोर्कसिटीका विविध गतिविधिहरुमा गरेको योगदान र समाजिक सेवाको मुल्यांकन गदै न्युयोर्कसिटीले विशेष सम्मान समेत गरेको थियो ।

एभरेष्ट टाइम्सले सूचना समाचारका साथै न्युर्योकमा काठमाडौं इन्टरनेशल माउन्टेन फिल्म फेष्टिबल (किम्फ) आयोजना गरि संकलित रकम किम्फ र दुर्गम गाउॅको विद्यालयहरुलाई सहयोग गदै आएको छ । एभरेष्ट टाइम्सले सोलुखुम्बुको सेर्गा बागम प्रथामिक विद्यालय, सोलुखुम्बुकै चागेस्थान माध्यमिक विद्यालय, सिन्धुपाल्चोकको जम्बियाङ प्रथामिक विद्यालय, रामेछापको बालदिङ आधारभुत विद्यालय र भोजपुरको लक्ष्मी साल्पा आधारभुत विद्यालयलाई आर्थिक सहयोग गरिसकेको छ । त्यस्तै डा. सन्दुक रुइतको हिमालयन क्याटरिक्स प्रोजेक्ट र शहिद गंगालाल ह्दयकेन्द्रका चिकित्सकलाई कोभिढ शुरु भएको बेला फेससिल सहयोग गरेको थियो ।

एभरेष्ट टाइम्स आफ्नो १२ वर्ष पुगेको उपलक्ष्यमा प्रवासी भूमि अमेरिकामा नेपाली भाषा र संस्कृतिको सम्बर्धन र संरक्षण तथा प्रवासी नेपाली समुदायलाई सूचना र समाचारको माध्यमबाट एक सुत्रमा बाध्ने कार्यमा निरन्तर लागि रहने प्रण गर्दछ ।

साथै एभरेष्ट टाइम्सको यस सूचना समाचार तथा सामाजिक सेवाको भावनालाई सहयोग गर्ने सबै सहयोगीहरुलाई हार्दिक धन्यवाद ब्यक्त गर्दछ ।

सम्बन्धित समाचार