१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

नेपालमा कोरोना संक्रमित दुई लाख नाघ्यो, मर्नेको संख्या ११७४



काठमाडौँ । नेपालमा कोरोना संक्रमितको संख्या २ लाख नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घन्टामा थप २५ सय ६९ जनामा कोरोना संक्रमण पुष्टि गरेपछि दुई लाख नाघेको हो ।

बुधबार नयाँ थपिएका कोरोनाका संक्रमितसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख २३ सय २९ पुगेको छ । पछिल्लो २४ घण्टामा १० हजार ८१ पीसीआर परीक्षण गर्दा २५ सय ६९ संक्रमित पुष्टी भएको हो । हालसम्म पीसीआर विधिबाट १५ लाख ७४ हजार २ सय ९५ परीक्षण भएको मन्त्रालयले जनाएको छ ।

यसैगरी पछिल्लो २४ घन्टामा कोरोनामुक्त भएर १६ सय ६६ जना डिस्चार्ज भएका छन् । नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या १ लाख ६२ हजार २ सय ४३ जना पुगेको छ । देशभरि सक्रिय संक्रमितको संख्या ३८ हजार ९ सय १२ रहेका छन् ।

साथै पछिल्लो २४ घन्टामा नेपालमा थप २६ जनाको कोरोनाबाट मृत्यु भएको मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ सय ७४ पुगेको छ ।

प्रकाशित मिति : २६ कार्तिक २०७७, बुधबार  ५ : १८ बजे