शेर्पा भाषाबाट सम्पन्न शेर्पा संघ युकेको अधिबेसनले आङ दावा शेर्पाको नेतृत्वमा नया कार्यसमिति

२०७७ मंसिर १, सोमबार ०४:४९

शेर्पा संघ युकेको ८ औ अधिबेसन पहिलो पटक शेर्पा भाषाबाटै सम्पन्न भएको छ । अधिबेसन विश्वभरिको शेर्पा संघसस्थाहरुको उपस्थितिमा विश्व शेर्पा संघको अध्यक्ष आङ दोर्जि लामा शेर्पाको प्रमुख अतित्थमा भर्चुल जुम अनलाइन मार्फत भएको थियो । प्रवासमा शेर्पा भाषामा कार्यक्रम भएको यो पहिलो हो । ‘ विश्वको शेर्पाहरु एक हौ भाषा, कला र संस्कृतिको संरक्षण गरौ भन्ने नाराका साथ सम्पन्न अधिबेसनमा शेर्पा समुदायका विभिन्न क्षेत्रका व्यत्तित्व तथा विश्वका विभिन्न मुलुकमा रहेका शेर्पा संघ र किदुगका अध्यक्षहरुले शुभकामना मन्तब्य दिएका थिए । कार्यक्रममा अमेरिकामा बसोबास गदै आइरहेका कलाकारहरु देण्डी शेर्पा, एपि शेर्पा लामा, पासाङ शेर्पा र शेर्पा संघ युकेका कलाकारहरुले शेर्पा गीत तथा नृत्य प्रस्तुत गरेका थिए ।

शेर्पा भाषामा कार्यक्रम आयोजना गरि शेर्पा संघ युकेले उदाहरणीय कार्य गरेर हामी सवैलाई उत्साहीत र खुसी तुल्यायो ’ विश्व शेर्पा संघका अध्यक्ष आङ दोर्जि लामा शेर्पाले भने र्र्– आफनौ भाषाको संरक्षणको लागी सवैले यस्तो कोशिस गरेमा जान्नेले बोल्ने र नजान्नेले पनि सिक्ने मौका मिल्नेछ’ । त्यस्तै नेपाल शेर्पा संघको अध्यक्ष गेल्जे लामा शेर्पाको पहिचान गर्नका साथै जनगणनाको लागी विश्वभरि जहारहेपनि सबै शेर्पाहरुले नामको पछाडी शेर्पा लेख्न आग्रह गरेका थिए । कार्यक्रम पासाङ शेर्पा र रिन्जी शेर्पाले सञ्चालन गरेका थिए ।

निर्वाचित अध्यक्ष आङ दावा शेर्पा (च्यावा)

उदघाटन कार्यक्रमपछि दोश्रो चरणमा सम्पन्न कार्यसमितिको निर्वाचनले पुर्व कार्यवाहक अध्यक्ष आङ दावा शेर्पा च्यावाको नेतृत्वमा १५ सदस्यीय नया कार्यसमिति निर्विरोध निर्वाचित गरेको छ ।  कार्यसमितिको उपाध्याक्षमा योन्तेन ग्याचो शेर्पा, उपाध्याक्षमा आङल्हाक्पा शेर्पा, महासचिवमा रिन्जि लामा शेर्पा, सचिवमा डोल्मा शेर्पा, कोषाध्याक्षमा नुरी शेर्पा,सहकोषाध्यक्षमा काजी शेर्पा, कल्चर सेक्रेटरिमा याङजी शेर्पा, सहकल्चर सेक्रटरिमा आङ दालि शेर्पा, सदस्यहरुमा सोनाम शेर्पा, दावा छिरिङ शेर्पा, छोङ शेर्पा, ल्हाक्पा शेर्पा, छिरिङ शेर्पा, नुर्बु शेर्पा, वेवसाइड डिजाइनर इगेन शेर्पा र मिडियामा मिङमा नुरु शेर्पा चयन गरेका छन ।

सम्बन्धित समाचार