२ चैत्र २०८१, आइतबार | Sun Mar 16 2025

मोडर्नाको कोरोनीबिरुद्धको खोप ९५ प्रतिशत प्रभावकारी



न्युयोर्क (एजेन्सी) । विश्वव्यापी महामारीको रुप लिएको कोरोना भाइरसविरुद्ध अमेरिकी कम्पनी मोडर्नाले बनाइरहेको खोप प्रभावकारी देखिएको दाबी गरिएको हो ।

सोमबार कम्पनीले प्रेस विज्ञप्ति जारी गर्दै कोरोनाविरुद्ध आफूले विकास गरिरहेको खोप ९५ प्रतिशत प्रभावकारी देखिएको दाबी गरेको हो । केही दिनअघि फाइजर र बायो एनटेकले संयुक्त रुपमा विकास गरिरहेको खोप कोरोनाविरुद्ध ९० प्रतिशत प्रभावकारी देखिएको बताइएको थियो ।

अमेरिकी बायोटेक कम्पनी मोडर्नाले कोरोनाविरुद्धको तेस्रो चरणको चिकित्सकीय परीक्षणका उक्त खोप ९४.५ प्रतिशत प्रभावकारी देखिएको बताएको हो । मोडर्नाको परीक्षणमा ३० हजार स्वयंसेवी सहभागी भएको बताइएको छ । तीमध्ये आधालाई २८ दिनका अन्तरमा खोपको २ डोज दिइएको थियो भने आधालाई उति नै समयावधिमा प्लेसिबोको दुई सट दिइएको थियो ।

‘तेस्रो चरणको परीक्षणअन्तर्गतको अन्तरिम विश्लेषणले हाम्रो खोपले गम्भीर प्रकृतिका रोगसहितका कोरोना बिरामीलाई निको बनाउन सक्छ भन्ने देखिएको छ,’ कम्पनीले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

प्रकाशित मिति : १ मंसिर २०७७, सोमबार  ८ : ४६ बजे