हङकङको आगलागीमा सात नेपालीको मृत्यु, सहयोग जुट्दै

२०७७ मंसिर ५, शुक्रबार १७:५६

हङकङको जोर्डनस्थित नेपाली रेष्टुरेन्टमा आइतबार राति भएको आगलागीको पीडा अझै सेलाएको छैन । यद्यपी नेपाली समुदायले मात्र होइन, हङकङका सबैभन्दा धनी ब्यक्ति ली का सिंहले समेत सहयोग गरेका छन् । समाचार अनुसार उनले ३० लाख हङकङ डलर (झण्डै चार करोड ५९ लाख नेपाली रुपैयाँ) सहयोगको घोषणा गरेका छन् ।

आफ्नो सुरक्षामा नेपाली पूर्व गोर्खा सैनिकलाई राखेका लि नेपाली समुदायलाई माया गर्ने मध्येमा पर्दछन् ।

आइतवारको आगोलागीमा परेर घाइते भएका १८ जनामध्ये सात जनाको मृत्यु भएको हङकङ सरकारले पुष्टि गरिसकेको छ । अझै केही गम्भिर अबस्थामा रहेको बताइएको छ ।

हङकङ निवासी बागलुङका राज कँडेलको छोराको जन्मदिन मनाउन जम्मा भएको बेला आगलागी हुँदा उनीहरुको मृत्यु भएको हो । तिहारको भाइटीकाको अघिल्लो रात भएको यो घटनाले हङकङमा बसोबास गर्ने नेपालीहरुका लागि ठूलो पाठ बनेको छ ।

मृत्यु हुनेमा कँडेल परिवारकै चार जना रहेका छन् भने बाँकी अन्य छन् । मृत्यु हुनेमा बागलुङका युवराज कँडेल, उनकी छोरी कृतिका, ज्वाइँ राजबाबु नेपाल र भान्जा रायन नेपाल छन् । यो परिवार बाहेक शेरबहादुर गुरुङ, अनिता निरौला र बिनिता तामाङको पनि मृत्यु भएको छ।

लिका साथै हङकङको परोपकारी संस्था सिक सिक युनले १० लाख हङकङ डलर (करिब १ करोड ५३ लाख रुपैयाँ) सहयोग गर्ने घोषणा गरेको छ ।

सम्बन्धित समाचार