एनवाइएनएफसि तिहार कप उपाधी विजेता बने तमु परिवार

२०७७ मंसिर ६, शनिबार ०२:१९

एनवाइएनएफसि फुटबल क्बलले आयोजना गरेको ओपन तिहार कप फुटबल प्रतियोगिताको उपाधी तमु परिवारले जितेका छन । विभिन्न १३ फुटबल टिमहरु वीच न्युयोर्कको रेण्डलआइल्याण्डमा भएको प्रतियोगितामा स्नो ल्याण्ड तिब्बतीयन टिमलाई तमु परिवारले जितेका थिए । प्रतियोगितामा तमु परिवारको टिमबाट क्याप्टेन प्रदीप गुरुग उत्कृष्ड खेलाडी र सविन केसीले उत्कृष्ठ गोलकिपरको उपाधी पाएका थिए ।

प्रतियोगिता विजेता तमुपरिवारको टिमले १५ सय डलर, पदक र प्रमाणपत्र पाएका थिए । सस्था स्थापनादेखिनै न्युयोर्कमा हुदै आएको नेपाली फुटबल प्रतियोगितामा भाग लिदै आएको तमु परिवार न्युर्योकले पहिलो पटक विजेता बनेको खेल संयोजन देविजंग गुरुङले बताए ।

प्रतियोगितामा शेर्पा किदुग ए र वि, एनवाइएनएफसि ए र वि, तमु परिवार, मुस्ताङ, सिन्धु, दाङ, स्नोल्याण्ड, बिजियल, आशिकी, हृयोल्मो र लोकल युनाइटेढ फुटबल क्लबको वीच प्रतिष्प्रर्धा भएको थियो । प्रतियोगितामा विजेतालाई १५ सय र दोश्रोलाई ७ सय डलर प्रदान गरेका थिए । विजेताहरुलाई क्लबको अध्यक्ष तेन्जीङ शेर्पा, सस्थापक अध्यक्ष ओङला लामा, खेल प्रयोजक तथा एकाउन्टेन्ट नाम्गेल लामा र क्लबको उपाध्याक्ष गरब दोर्जीले नगद, प्रमाण पत्र र पदक वितरण गरेका थिए ।

सम्बन्धित समाचार