२ चैत्र २०८०, शुक्रबार | Fri Mar 15 2024

शेर्पा संघ अमेरिकामा आङ जाङबु शेर्पाको नेतृत्वमा नया कार्य समिति चयन


Ang

८ मंसिर २०७७, सोमबार  

6
Shares

शेर्पा संघ अमेरिकाको दोश्रो अधिबेसनले आङ जाङबु शेर्पाको नेतृत्वमा नया कार्य समिति चयन गरेको छ । संघको दोश्रो अधिबेसन भर्चुल अनलाइनको माध्यामबाट सम्पन्न भए लगतै निर्विरोध निर्वाचित कार्यसमितिलाई बौद्धधर्म गुरु टुल्कु उर्गेनको उपस्थितिमा सपथ कार्यक्रम भएको थियो । कार्यसमितिको बरिष्ठ उपाध्याक्षमा पासाङ दोर्जी शेर्पा, उपाध्याक्षमा स्याङबु शेर्पा, महासचिवमा दाजिमा शेर्पा, सचिवमा पेम्बा गिर्मे शेर्पा र कोषाध्याक्षमा निलु शेर्पा र प्रबक्तामा डोल्मा शेर्पा निर्विरोध निर्वाचित भएको छ । त्यसैगरि बोर्ड अफ डाइरेक्टरहरुमा सांगे शेर्पा, छिरिङ डब्लु लामा शेर्पा, वाङगेल शेर्पा र डोल्मा शेर्पा निर्वाचित भएको छ । अध्यक्षमा निर्वाचित आङ जाङबु ,शेर्पा किदुग अमेरिकाको पुर्व महासचिव, विश्व शेर्पा संघको सस्थापक महासचिव, एनआरएन टुरिजम ट्रेडको संयोजक तथा आदीवासी जनजाती महासंघ अमेरिकाका सल्लाहकार हुन ।

शेर्पा संघ अमेरिकाको अध्यक्ष निमा शेर्पा शेर्पाको सभापतित्वमा सम्पन्न दोश्रो अधिबेसन विश्व शेर्पा संघको अध्यक्ष आङ दोर्जि लामा शेर्पाको प्रमुख अतिथ्यमा भएको थियो । अधिबेसनमा धर्म गुरु लामा टुल्कु, नेपाली कन्सुलेटका प्रतिनिधि विष्णु गौतम,काउन्सील मेम्बर कोष्टाकोष्टनीडेस , एनआरएन अमेरिकाका अध्यक्ष सुनिल शाह, बरिष्ठ उपाध्यक्ष डा अर्जुन बन्जाडे, मेरिल्याण्ड राज्यको विधान सभा सदस्य एचभि भण्डारी, आदीवासी जनजाती महासंघ फिप्नाका अध्यक्ष लोक चेम्जोङ, एलमष्ट अस्पताल एडभाइजरि बोर्डका सल्लाहकार तथा फिप्नाका पुर्व अध्यक्ष लुइसाङ वाइवा , नेपाल शेर्पा संघका अध्यक्ष गेल्जे लामा शेर्पा, लुम्बिनी विकास कोषका पुर्व सदस्य सचिव आङदावा शेर्पा, शेर्पा किदुगका प्रबक्ता फारा देण्डी शेर्पा, बेल्जियम शेर्पा किदुगका अध्यक्ष आङ दोर्जि सोनाम शेर्पा लगायत विश्वका विभिन्न मुलुकका शेर्पा किदुग र संघका अध्यक्षहरुको उपस्थिति थिए । कार्यक्रम संघका सचिव डोमा शेर्पाद्धारा सञ्चालित कार्यक्रममा बरिष्ठ उपाध्याक्ष ल्हाक्पा देण्डी शेर्पाले स्वागत मन्तव्य दिएका थिए भने महासचिव फुर्वा शेर्पाले सस्थाले गदै आएको गतिविधिको बारेमा जानकारी दिएका थिए ।

न्युयोर्कसिटिद्धारा सम्मान
शेर्पा संघ अमेरिकाको अधिबेसनको अवसर पारेर न्युयोर्क सिटिले धर्मगुरु लामा टुल्कु,निवर्तमान बरिष्ठ उपाध्याक्ष ल्हाक्पा देण्डी शेर्पा, उपाध्याक्ष मिङमा शेर्पा, महासचिव फुर्वा शेर्पा लगायत २२ जना शेर्पा संघ अमेरिका अन्र्तगतका सदस्यहरुलाई नेपाली समुदायमा महत्वपुर्ण योगदान पुर्‍याए वापत साइटेसनद्धारा सम्मान गरेको थियो  । त्यस्तै बडदो अमेरिकी नेपाली समुदायमा शेर्पा संघ अमेरिकाको नेतृत्व गरि न्युयोर्क सिटिमा नेपाल चिनाउने नेपाल डे परेड मार्फत डाइस्पोरामा नेपालको सस्कृति जर्गेना गर्नुको साथै विपतमा गरेको योगदानको कदर स्वरुप अध्यक्ष निमा शेर्पालाई न्युर्योक सिटिको कम्ट्रोलर स्कट एम स्टीन्जर कार्यालयले विशेष सम्मान गरेको थियो । त्यस्तै अमेरिकी नेपाली समुदायमा पत्रकारिता मार्फत समुदायमा पुर्‍याएको योगदानको कदरस्वरु एभरेष्टटाइम्सको प्रधान सम्पादक आङछिरिङ शेर्पालाई पनि विशेष सम्मान गरिएको थियो ।

 

कोभिडको कारण न्युयोर्क सिटिको प्रतिनिधि आउन नसकेकोले उक्त सम्मान बौद्धधर्म गुरु लामा टुल्कुले वितरण गरेका थिए । शेर्पा संघ अमेरिकाले शेर्पा समुदायमा धार्मिक तथा सामाजिक क्षेत्रबाट सहयोग गदै आएका धर्म गुरु लामा टुल्कुलाई मानार्था सस्थापक सदस्यको रुपमा सम्मान दिएका थिए ।

 

 

प्रकाशित मिति : ८ मंसिर २०७७, सोमबार  १२ : १९ बजे