१५ चैत्र २०८०, बिहिबार | Thu Mar 28 2024

बाइडेनको मनोनयनः रक्षामन्त्रीमा पहिलो अश्वेत



वासिङ्टन । अमेरिकी राष्ट्रपति–निर्वाचित जो बाइडेनले रक्षामन्त्रीमा अवकाशप्राप्त जनरल लोयड अस्टिनलाई मनोनयन गर्नु भएको अमेरिकी अखबारहरुले बताएका छन् ।

अमेरिकी सेनाका अवकाशप्राप्त चारतारे जनरल अस्टिन विगतमा अमेरिकी सेन्ट्रल कमान्डका कमान्डर थिए । सिनेटले अनुमोदन गरेमा रक्षा मन्त्रालयको जिम्मेवारी सम्हाल्ने उनी पहिलो अश्वेत हुनेछन् ।

यद्यपी औपचारिक घोषणा भने आगामी क्रिसमस अघि मात्र गरिने बाइडेनका सहयोगीहरुले बताएका छन् । बाइडेनले यसअघि नै राष्ट्रिय सुरक्षा सल्लाहकार सहित स्वास्थ्य टोली र ह्वाइट हाउसका वरिष्ट सल्लाहकारहरुको टोली घोषणा गरिसकेका छन् ।

प्रकाशित मिति : २३ मंसिर २०७७, मंगलबार  ५ : १६ बजे