सरकारबिरुद्ध कांग्रेसको शक्ति प्रदर्शन

२०७७ मंसिर २९, सोमबार १९:२१

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सोमबार सरकारविरुद्ध काठमाडौंलगायत देशका ठुला सहरहरुमा प्रदर्शन गरेको छ । कांग्रेसले आयोजना गरेको जुलुस र सभामा नेता कार्यकर्ताको बाक्लो सहभागिता थियो । काठमाडौं उपत्यकामा शान्तिवाटिकामा सभा गरेको थियो । सहरका विभिन्न ठाउँबाट सुरु भएको प्रदर्शन शान्तिवाटिकामा पुगी सभामा परिणत भएको थियो । उक्त सभालाई वरिष्ठ नेता रामचन्द्र पौडेलले सम्बोधन गरेका थिए ।
पार्टी सभापति शेरबहादुर देउवा भने बागमती प्रदेशको राजधानी हेटौंडामा, महामन्त्री डा. शशांक कोइराला प्रदेश १ को राजधानी विराटनगरमा, नेता गगन थापा धनगढीको कार्यक्रममा सम्बोधन गरेका छन् ।
नेताहरुले सरकार स्वेच्छचारी भएकोले त्यसको बिरुद्ध लड्नु परेको बतएका छन् ।
कांग्रेसले सोमबारको प्रदर्शनलाई शक्ति प्रदर्शनको अवसरको रुपमा समेत लिएको देखियो । सबैजसो कार्यक्रममा कांग्रेसको झण्डा र राष्ट्रिय झण्डासहित कांग्रेसका नेता कार्यकर्ता सहभागी भएका थिए । उनीहरुले सरकारविरुद्ध उत्तेजक नाराबाजीसमेत गरेका थिए ।

सम्बन्धित समाचार