शेर्पा संघ अमेरिकामा सल्लाहकार र संरक्षक समिति गठन ।

२०७७ मंसिर २९, सोमबार १९:३३

शेर्पा संघ अमेरिकाको गत हप्ता सम्पन्न कार्यसमितिको बैठकले रिक्त ३ जना बोर्ड अफ डाइरेक्टर सहित सल्लाहकार र संरक्षक समिति चयन गरेको जनाएको छ । संघले बोर्ड अफ डाइरेक्टरमा याङ्जी शेर्पा ,ओखलढुंगा हाल न्युयोर्क, आङ दावा शेर्पा ,रामेछाप हाल क्यलिफेार्निया, मिङमा ओङगेल शेर्पा,संखुवासभा हाल बोस्टन नियुक्त गरेको संघले जारी विज्ञाप्तीमा जनाएको छ । त्यस्तै संघको बिधान अनुसार शेर्पा संघ अमेरिकाले बिभिन्न क्षेत्रमा योगदान पुर्‍याउदै आएका ९ ब्यक्तिहरुलाई सल्लाहकारमा र १३ जनालाई संरक्षक समितिमा मनोनित गरेको जनाएको छ ।

 

संघले सल्लाहकारमा निमा शेर्पा संस्थापक अध्यक्ष, शेर्पा संघ अमेरिका, आङ दावा शेर्पा पूर्व सदस्य सचिव, लुम्बिनी विकास कोष, फुरी शेर्पा पूर्व अधिकृत (नेपाल सरकार), आङ छिरिङ शेर्पा पूर्व अध्यक्ष नेजा तथा प्रधान सम्पादक एभरेस्ट टाईम्स, मिङमार शेर्पा संस्थापक उपाध्याक्ष, नेपाली जनसंपर्क समिति अमेरिका, निमा देण्डी शेर्पा पूर्व उपाध्याक्ष, शेर्पा किदुग अमेरिका), जाङ्बु शेर्पा समाजसेवी , छिरिंग शेर्पा पूर्व ट्रस्टी बोर्ड सदस्य शेर्पा किदुग, आङ निमा ग्याल्जेन शेर्पा पूर्व बोर्ड अफ डिरेक्टर, गैर आवशीय नेपाली संघ अमेरिका मनोनित भएका छन ।

त्यसै गरि निर्वतमान अध्यक्ष निमा शेर्पाको संयोजकत्वमा १३ जना रहेको संरक्षक समिति मनोनित गरेको जनाएको छ । संरक्षक समितिमा ल्हाक्पा देण्डी शेर्पा (उपसंयोजक), मिङमा शेर्पा (उपसंयोजक), फुर्बा शेर्पा (उपसंयोजक), तेण्डी शेर्पा -(संरक्षक), छेवाङ लामा (संरक्षक), पासाङ शेर्पा (संरक्षक), आङ छिरिङ्ग शेर्पा (संरक्षक), नुर्बु शेर्पा (संरक्षक), लक्ष्मी शेर्पा (संरक्षक),आङ फुरी शेर्पा (संरक्षक), पासाङ निमा शेर्पा (संरक्षक), आङ छिरी शेर्पा (संरक्षक) मनोनित गरेका छन ।

सम्बन्धित समाचार