१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

न्युयोर्कमा दियो कोभिडको पहिलो खोप


Ang

२९ मंसिर २०७७, सोमबार  

0
Shares

लामो समयको प्रतिक्षापछि न्युयोर्कमा पहिलो कोभिडको खोप लगाएको छ । कोभिडको इपि सेन्टर बनेको न्युयोर्कमा पहिलो पटक दिएको कोभिडको यो खोप अमेरिकाकै पहिलो हुन सक्ने न्युयोर्कको गर्भनर एन्ड्रयु कुमोले बताएको छ । संघिय सरकारले स्वीकृत दिए लगतै न्युयोर्कमा पहिलो खोप दिएको गर्भनर कुमोले बताए । उक्त खोप नर्थ वेल हेल्थ अस्पतालको चिकित्सक डा चेष्टरले सोही अस्पतालको आइसियुमा कार्यरत नर्स स्यान्ड्रा ल्यान्सीलाई दिएकी थिइन । खोप लगाएपछि नर्स स्यान्ड्राले आफुलाई कुनै दुखाई नभएको र सामान्य खोप जतिकै अनुभव भएको सुनाएकी थिइन ।

‘ सबैको प्रतिक्षामा रहेको कोभिडको खोप पहिलो पटक दिन पाएको आजको दिन विशेष दिन र क्षण हो ‘ नर्थवेल हेल्थ अस्पतालका सिइओ माइकल भ्यालिले बताए । यो खोप लगाएपनि सुरक्षाको दृष्टिकोणबाट कोभिढबाट मुक्ता हुनका लागी सुरक्षाको मापदण्डहरु पालाना गर्नु पर्ने उनले बताए । १ लाख भन्द बढि कोभिडको विरामीको उपाचार गदै आएको नर्थवेल हेल्थ अस्पतालमा खोपको प्रभावकारितासंगै आगामी एक महिनादेखि खोप दिने उनले बताए । गर्भनर कुमोले हरेक समय स्वस्थ्य क्षेत्रमा खटिइरहने स्वस्थ्यकर्मिहरु यो विषम परिस्थितिको हिरो भएकोले उनीहरुलाईनै पहिला यो खोप दिन लागेको जानकारी दिएको छ ।

प्रकाशित मिति : २९ मंसिर २०७७, सोमबार  १० : ०१ बजे