६ जेष्ठ २०८१, आइतबार | Sun May 19 2024

ट्रम्प प्रशासनले बिगारेको इमिग्रेसन अब वाइदेन प्रशासनले सुधार्ने छ


Ang

२ पुस २०७७, बिहिबार  

0
Shares

अमेरिकामा राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकाल नसकिंदै इमिग्रेसनको विभिन्न कुराहरुमा परिवर्तन भएको छ । पछिल्लो समय टिपिएस नविकरण भएको छ । त्यस्तै अमेरिकी नागरिकता लिन चाहनेहरुको लागि पनि केही परिवर्तनहरु भएका छन् । इमिग्रेसन रिर्फमकै सवालमा अहिले भइरहेको परिवर्तनको बारेमा अमेरिकी नेपाली समुदायको बरिष्ठ कानुन व्यवसायी खगेन्द्र क्षेत्रीसँग एभरेष्ट टाइम्सले गरेको कुराकानी:

हालै नवीकरण भएको टिपिएसको नयाँ अपडेटहरु केही छ?
सरकारले आगामी अक्टुबर ४ , २०२१ सम्मको लागि टिपिएसको नवीकरण गरेको छ । अब सबैको नवीकरण भइसकेको छ । कतिपयले त टिपिएस नविकरणको अनुभव यसअघि पनि लिइसकेको हुनु पर्छ । नवीकरणको प्रक्रियामा खासै परिवर्तन भएको छैन । बीचमा कसैको टिपिएस कार्ड हराएमा पनि निकाल्न सकिन्छ । टिपिएसको कार्डको म्याद सकिएपनि अपसेअफ थपेर आउँछ । यदी कार्डमा म्याद थप गर्ने हो भने नवीकरणको प्रक्रिया गर्नुपर्छ । यदि कोही परोल लिएर नेपाल लिएर जान चाहेमा पनि प्रक्रिया उही हो । यसको लागि निवेदन दिएको करिब ४ महिना जति लाग्ने गरेको छ तर कोही आकास्मिक रुपमा जानु परेमा स्थानीय सरकारको कार्यालयमा एप्वाइन्मेन्ट लिएर त्यहाँबाट कागज बनाई छिटो जान सकिने छ । तर अब बाइदेन सरकार आएपछि टिपिएसवालालाई निरन्तर रुपमा नवीकरण गरि नेपाल आवतजावत गर्न सकिने देखिएको छ ।

अमेरिकन नागरिकता लिनेहरुको लागि सरकारले ल्याएको परिवर्तनहरु के के छन्?
कुनै पनि व्यक्तिले अमेरिकन नागरिकता लिन चाहेमा शुरुमा निवेदन दिनुपर्छ त्यसपछि अन्तर्वार्तामा जानु पर्छ । यस अघि अन्तर्वार्तामा गएपछि सय प्रश्नहरुमा १० वटा प्रश्नभित्र ६ वटा मिलाए पास हुन्थ्यो । तर अहिले २० वटा प्रश्नमा १२ वटा पास गर्नुपर्ने बनाइएको छ । अहिले दोब्बर प्रश्नको उत्तर दिनु परेकोले यो पहिला भन्द तेस्रो तहको कठिन प्रक्रिया हो । अब सोधिने प्रश्नहरु त्यही भएपनि घुमाउरो किसिमले सोध्ने भएको छ । शुल्कमा खासै परिवर्तन गरेको छैन तर अन्तर्वार्तामा सोध्ने कुराहरु कडाई गरेको देखिन्छ । ट्रम्प प्रशासनले डिसेम्बरको दोश्रो सातादेखि लागु गर्ने भनिएको यो नियम अब वाइदेन राष्ट्रपति भइसकेपछि कस्तो प्रस्ताव ल्याउला त्यो हेर्न बाँकी छ ।

कागजपत्र लिनमा कडाई, नागरिकता र ग्रिनकार्ड लिनेहरुको प्रक्रियामा समय लाग्नुको कारण के हो ?
ट्रम्प प्रशासनले इमिग्रेसनमा परिवर्तन ल्याउने नाममा वाइट सुप्रिमेसीलाई महत्व दिनका लागी धेरै झण्झट र झमेला गराएको हो । एसाइलम सुनुवाइ भएको छैन । केसहरु करिब ८ महिना पछाडी धकेलिएका छन् । तेस्रो मुलुकबाट आउनेहरुलाई कागज नदिने भन्ने ट्रम्प प्रशासनको नीतिले गर्दा यो समास्या हुनुको साथै धेरै मान्छेहरु निराश हुँदै आएका छन् ।

कोभिडले सबै अदालतहरु बन्द भएको यो बेला कसरी सेवा दिनु भएको छ ?
यो विषम परिस्थितिमा पनि सर्वसाधारणको सेवाको लागि भर्चुअल माध्यामबाट अनलाइन सुनुवाइको व्यवस्था गर्दै आएको छ । अहिले अदालतमै गएर पुरै समय दिएर काम गर्ने अवस्था छैन । आकस्मिक केसहरु पनि अनलाइनबाटै फायल र अनलाइनबाटै निर्णयहरु हुँदै आएको छ ।

अबको नयाँ राष्ट्रपति जो वाइदेनले के परिवर्तन गर्ला जस्तो लाग्छ?
ट्रम्प प्रशासनले इमिग्रेसन रिर्फमको नाममा धेरै समास्याहरु खडा गरिसकेको छ । वाइदेनले राष्ट्रपतिको कार्यभार सम्हालेपछि इमिग्रेसनको नाममा लिएको नीति अनुसार परिवर्तन गर्न सक्छ । उनले तत्काल परिवर्तन गर्न नसकेपनि करिब एक वर्षभित्रमा धेरै कुराहरुमा परिवर्तन गर्न सक्छ । विशेष गरि बाहिरबाट जन्मेर आएको बालबालिकाहरुको लागि दिएको सुविधा डाकाको बारेमा, मुस्लिम देशबाट आउनेहरुलाई गरेको प्रतिबन्द, सरकारको नीतिमा बोर्डर क्षेत्रमा देखिएको समास्या लगायत नेपालले पाइरहेको टिपिएसको म्याद पनि बर्षेनी थप्दै जाने देखिएको छ ।

प्रकाशित मिति : २ पुस २०७७, बिहिबार  १२ : २८ बजे